ताजा खबर

शाहरुख तिमीलाई कसैले छोयो भने मात्रै पनि मलाई भन्नु:सञ्जय दत्त

RadioTaplajung

शाहरुख तिमीलाई कसैले छोयो भने मात्रै पनि मलाई भन्नु:सञ्जय दत्त
 असार २१ गते । अहिले बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को चर्चाले छाएको छ । फिल्म ‘सञ्जु’ मा समेटिएका सबै कुरालाई दर्शकले निकै रुचाइरहेका छन । तर अझै पनि सञ्जय दत्तको जीवनसँग जोडिएका यस्ता कुरा छन् जुन फिल्ममा राखिएको छैन । सायद समयको सीमाका कारण पनि हुनसक्छ सञ्जयको जीवनसँग जोडिएका महत्वपूर्ण कुरा समेट्न सम्भव भएन । यसैलाई कतिपय समीक्षकले सञ्जय दत्तको महिमामण्डन मात्रै गरिएको भनेर आलोचना पनि गरेका छन् ।

यसैबीच सञ्जय दत्तसँग जोडीएको एक भिडियोले यतिबेला चर्चा पाइरहेको छ । त्यो भिडियोमा सञ्जय र शाहरख खानबीचको मित्रता कतिसम्म गहिरो थियो भन्ने थाहा हुन्छ । हुनत वास्तविक जीवनमा सञ्जय जति बिन्दास र निडर छन्, मित्रता निभाउन पनि यत्तिकै पक्का मानिन्छन् । साथै आफ्नो साथीहरुको जीवनमा आएको समस्याको घडीमा सहयोगको हात दिन जहिले अगाडि बढ्छन ।   

यही कुरा शाहरुख खानले यस भिडियोमा भनिरहेका छन । सञ्जय दत्त उनको फिल्म ‘मुन्नाभाई एमबीबीएस’ को प्रमोशनको क्रममा ‘कौन बनेगा करोडपति’ को सेटमा गएका  थिए । त्यसबेला शाहरुखले उक्त कार्यक्रम सञ्चालन गर्थे । कार्यक्रमको बीचमा स्वयम शाहरुख खानले उनी र सञ्जयसँग मित्रताको कुराबारे बताइरहेका छन । जब शाहरुख खान दिल्लीको घर छोडेर फिल्ममा काम गर्न मुम्बई आएका थिए । उनी फिल्म उद्योगमा नयाँ–नयाँ थिए । जुनबेला उनले अमाबुवा गुमाइसकेका थिए भने  दिल्लीको घर छोडेर एक्लै मुम्बई आएका थिए । मुम्बईमा धेरै जनासँग चिनजान थिएन ।  त्यही बेला शाहरुखको एक जनासँग झगडा भयो । शाहरुख खानले भने, ‘म एक्लो भएको त्यो बेला जीप लिएर एक जना मलाई भेट्न आएको थियो र उसले मलाई भनेको थियो ‘यदि तिमीलाई कसैले छोयो भने मात्रै पनि मलाई भन्नु ।’ यस्तो भन्ने व्यक्ति सञ्जय दत्त थिए । शाहरुखले निकै भावुक हुँदै भनेका छन् कि सञ्जय दत्त आफ्ना लागि सधैँ ठूलो दाजुको रुपमा रहनेछन । फिल्म ‘सञ्जु’ भित्र पनि सञ्जयको मित्रतालाई महत्वका साथ देखाइएको छ । अभिनेता विक्की कौशलले सञ्जयको साथीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा सञ्जय दत्त बनेका रणवीर कपूरको अभिनयको जति चर्चा भइरहेको छ, त्यति नै चर्चा सञ्जयका साथीको भूमिकामा रहेका विक्की कौशलको अभिनयको पनि भइरहेको छ ।

स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण