ताजा खबर

९२ वर्षीया आमाद्वारा ७२ वर्षीय छोराको गोली हानी हत्या

RadioTaplajung

९२ वर्षीया आमाद्वारा ७२ वर्षीय छोराको गोली हानी हत्या
असार २१ गते । अमेरिकामा एक जना ९२ वर्षीया आमाले ७२ वर्षीय छोराको गोली हानी हत्या गरेकी छन् ।

म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा यही जुलाई २ तारिखमा आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि आक्रोशित भएकी ती आमाले गोली हानेर छोराको हत्या गरेकी हुन् ।

घटनापछि आमा एना मे ब्लेसिंगले छोराले आफ्नो जीवन बर्बाद गरिदिएपछि उसको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । एना आफ्ना छोरा र उनकी प्रेमिकासँग बस्दै आएकी थिइन् ।

उनले छोराको हत्या गरेपछि आफू पनि आत्महत्या गर्न चाहेको बताएकी छन् ।

नाम नखुलाइएका ब्लेसिंगका छोराले आफ्नी आमासँग बस्न मुस्किल भएको भन्दै उनलाई घरमा नराखी वृद्धाश्रम लैजान खोजेका थिए ।

प्रहरीका अनुसार घटना भएको दिन आमा ब्लेसिंग आफ्नो छोराको कोठामा छिरिन् र सन् १९७० मा आफूले किनेको पेस्तोलबाट गोली प्रहार गरिन् ।

घटनास्थलमा प्रहरी पुग्दा उनका छोराकोे मृत्यु भइसकेको थियो । भागेर ज्यान जोगाएकी मृतककी प्रेमीकाले घटनाबारे प्रहरीलाई जानकारी दिएकी थिइन् ।

ब्लेसिंगमाथि हत्या र अपहरणको मुद्दा दर्ता भएको छ । जमानतका लागि अदालतले पाँच लाख डलर तोकेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल