श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

SITENAME

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
 असार २१ गते । श्रीमानको कुटाइबाट कैलालीको लम्कीचुहा नगरपालिकामा श्रीमतीको मृत्यु भएको छ ।

वडा नम्बर २ प्रतापपुरका स्थानीय ३५ वर्षका इन्द्र चौधरीले कुटपिट गर्दा ३२ वर्षीया श्रीमती गर्भी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा मृतकका श्रीमान इन्द्रले सुरुमा श्रीमतीले रक्सी खाएर लड्दा मृत्यु भएको बताएका थिए । शंका लागेपछि इन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा कुटाईपछि श्रीमतीको मृत्यु आफ्नो कुटाईबाट भएको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ।

धारिलो हतियार प्रयोग गरी गर्भीको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस

दुबईबाट नेपाल सुन पठाउने खड्का पक्राउ

  माघ २२ गते ।  काठडमाडौं: साढे ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हरिशरण खड्का पक्राउ परेका छन्। उनलाई दुबई प्रहरीले पक्राउ गरेको

SITENAME

आज सोनाम ल्होछार, टुँडिखेलमा विशेष कार्यक्रम

माघ २२ गते । तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ । सोनाम

SITENAME

प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी चढेको जीप दुर्घटना, सशस्त्रका एसपीको मृत्यु

माघ १३ गते । बारा – प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी चढेको जीप शनिबार राति दुर्घटना हुँदा सशस्त्रका एसपी बलराम पोखरेलको ज्यान गएको छ