सलमान खान रिहा

SITENAME


सलमान खान रिहा
चैत २५ गते ।   कालो हरिण कृष्णसार शिकार मामिलामा ५ वर्ष जेल सजाय पाएका बलिउड अभिनेता सलमान खान जमानतमा रिहा भएका छन्। जोधपुरस्थित सेशन कोर्टले उनलाई ५० हजार धरौटीमा जमानतको आदेश दिएपछि जोधपुर केन्द्रीय कारागारले  शनिबार साँझ रिहा गरेको हो।

रिहा भएपछि सलमान कारागारबाट प्रहरीको स्कर्टिङमा जोधपुर विमानस्थल पुगेका छन्। उनी त्यहाँबाट चार्टर विमानमा मुम्बई प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

१९९८ को कालो हरिण मामिलामा विहीबार जोधपुरको स्थानीय अदालतले सलमानलाई ५ वर्षको सजाय र १० हजार जरिवाना सुनाएको थियो। फैसलाविरूद्ध सलमानका वकिलले जमानतका लागि सेशन कोर्टमा अपिल गरेका थिए। अपिल स्वीकार गर्दै अदालतले ५० हजार धरौटीमा छाड्न आदेश  दिएको हो।

सलमान रिहा भएसँगै उनका फ्यानले उत्सव मनाएका छन्। एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

करोडमा बिक्यो चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स

करोडमा बिक्यो चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स असोज १ गते । नेपाली चलचित्र क्षेत्रमा त्यस्ता धेरै उदाहरणहरु छन्, चलचित्र निर्माण हुन्छ र

SITENAME

सलोन बस्नेतलाई ‘ए मेरो हजुर ३’ फाप्ला त ?

सलोन बस्नेतलाई ‘ए मेरो हजुर ३’ फाप्ला त ?  भदौ ३० गते । केही समय अघि मात्र चलचित्र ‘ए मेरो हजुर ३’ को शुभमुहूर्त गरिएको थियो । पोखराको

SITENAME

भुवनकी पूर्वपत्नीले गरिन् टिकाटालो, भुवन र अनमोलको पनि सहमति

भुवनकी पूर्वपत्नीले गरिन् टिकाटालो, भुवन र अनमोलको पनि सहमति  भदौ २९ गते । सुपरस्टार अभिनेता भुवन केसीकी पूर्वपत्नी एवं स्टार नायक अनमोल केसीकी आमा