ताजा खबर

कम्युनिस्ट एकताले चुनौती थपियो:देउवा

RadioTaplajung

कम्युनिस्ट एकताले चुनौती थपियो:देउवा
असार ९ गते । कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट एकताले चुनौती थपिएको भन्दै पार्टीभित्र एकताको खाँचो औंल्याएका छन् । कांग्रेस जिल्ला सभापतिहरूको राष्ट्रिय भेला समापनका अवसरमा बुधबार उनले कांग्रेस एक भए कसैले हराउन नसक्ने दाबी गरे ।

‘कांग्रेसमा अन्तर्घात नै ठूलो रोग हो, अघिल्लो चुनावमा पनि अन्तर्घात नभएको भए थप २५–३० सिट जित्थ्यौं,’ उनले भने, ‘अब त झन् कम्युनिस्ट एक भएका छन्, अन्तर्घातमुक्त पार्टी बनाए मात्र पहिलो नम्बरमा आउन सक्छौं ।’

उनले चुनावमा टिकट वितरणमा गल्ती भएको स्विकारे । ‘जित्छु–जित्छु भनेर आउँछन्, तिनैलाई टिकट दियौं, हार्‍यौं,’ उनले भने, ‘दबाब झेल्न सक्नुपथ्र्यो, गल्ती भएकै हो ।’ आफू प्रधानमन्त्री हुँदा गरेका निर्णय अलोकप्रिय भएका कारण पार्टी हारेको भन्ने आरोपको देउवाले खण्डन गरे । ‘आईजीपी, प्रधानन्यायाधीश प्रकरणमा गलत गरेका कारण हारेको भन्नु आरोप मात्रै हो । फर्जी कागजपत्र भनेपछि अर्कोलाई बनाइयो । सरकारले आफ्नो अधिकार प्रयोग गर्दा अनावश्यक हस्तक्षेप गरेपछि महाअभियोग लगाइएको हो,’ उनले भने, ‘निर्णय अलोकप्रिय भएर हारेको भए म पनि हार्नुपर्ने नि ।’ भेलाका सुझाव कार्यान्वयन र वर्तमान सरकारका बारेमा भने उनले कुनै प्रतिक्रिया जनाएनन् ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो कुनै गुट नभएको जनाउँदै पार्टीलाई बलियो बनाउन मेची–महाकाली अभियान सञ्चालन गर्ने बताए । ‘म अब पार्टी बलियो बनाउन मेची–काली अभियानमा निस्कन्छु, कसैका बारेमा टिप्पणी गर्दिनँ,’ उनले भने, ‘मेरो कुनै गुट छैन, सभापतिको समान दृष्टि नपुगेकाहरूको आवाज मात्रै उठाएको हुँ ।’ उनले सही कुरामा सभापतिलाई सघाउँदै आएको दाबी गरे ।

जिल्ला सभापतिहरूको सुझावका आधारमा प्रदेश अधिवेशनबाट तत्काल संरचनाहरू बन्ने दाबी गर्दै उनले विधान मस्यौदाबारे दिइएका सुझाव पनि समेट्ने आश्वासन दिए । कोषाध्यक्ष सीतादेवी यादवले सभापति भेलाबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि पहल गर्ने जनाइन् । सहमहामन्त्री प्रकाशशरण महतले सरकारको शैलीप्रति कांग्रेस कडा रूपमा प्रस्तुत हुनुपर्ने बताए । केन्द्रीय सदस्य बालकृष्ण खाँडले कम्युनिस्ट अधिनायकवाद अन्त्य गर्न छोटो समयका लागि पार्टीलाई ‘क्याडर बेस्ड’ बनाउनुपर्ने तर्क गरे ।

केन्द्रीय सदस्य मीनेन्द्र रिजालले भेलाबाट आएका सुझावलाई सकारात्मक लिँदै समेटिनुपर्ने सुझाए । प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले डोनाल्ड ट्रम्प र किम जोन उन मिल्न सक्दा एकै थालमा खाएका कांग्रेस नेतृत्व पनि मिल्नुपर्ने तर्क गरे ।
स्रोतःई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्