ताजा खबर

निक जोनास प्रेमिका प्रियंका चोपडासँगै किन आए भारत ?

RadioTaplajung

निक जोनास प्रेमिका प्रियंका चोपडासँगै किन आए भारत ?
असार ९ गते । अभिनेत्री प्रियंका चोपडा अहिले अमेरिकी पप गायक निक जोनाससँगको प्रेमसम्बन्धका कारण चर्चामा छिन् । पछिल्लो समयमा दुवैको भेटघाट बाक्लिएको छ ।

दुवैले आफ्नो अधिकांश समय एकअर्काको साथमा रहेर बिताइरहेका छन् । यसैबीच अहिले फेरि दुवै एक साथ भारत आएको खबर मिडियामा छाइरहेको छ ।
प्रियंकाका साथ निक जोनास भारत आएका छन् । निक प्रियंकाका साथ भारत किन आए त भन्ने कुरालाई लिएर मिडियाहरुले विभिन्न अड्कलहरु गरिरहेका छन् ।

खबरहरुका अनुसार प्रियंकाले भारतको मुम्बईमा एक नयाँ बंगला किनेकी छिन् । जसको मूल्य करिब १०० करोड रहेको छ । उनको यो बंगला निकै आलिशान रहेको छ । प्रियंकाले आफ्नो शानदार बंगलामा साथीहरुका साथ पार्टीको योजना बनाएकी छिन् । त्यही पार्टीमा प्रियंका निकलाई आफ्ना साथीहरुसँग भेटाउन चाहन्छिन् भने यही मौकामा आमा मधु चोपडासँग निकको भेट गराउने योजना प्रियंकाको रहेको छ ।

केही दिनअघि प्रियंका निकको परिवारमा भएको विवाहको कार्यक्रममा उपस्थित भएकी थिइन् । साथै निकका परिवारसँग रमाइलो गर्दै गरेका तस्बिरहरु सार्वजनिक भएका थिए । अहिले निक प्रियंकाको परिवारलाई भेट्न भारत आएका छन् । यसबाट जो कसैले पनि भन्न सक्छ प्रियंका र निक एक अर्काको गहिरो प्रेममा डुबिसकेका छन् ।

तर प्रियंका र निकले भने आफूहरु प्रेम सम्बन्धमा रहेको कुरालाई न त सार्वजनिक रुपमा स्वीकार गरेका छन् न त सम्बन्धमा रहेको खबरहरु प्रति कुनै आपत्ति जनाएका छन् ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण