ताजा खबर

विश्वकपमा आज ३ खेल हुँदै,नाइजेरिया,ब्राजिल र स्विजरल्याड विजयी

RadioTaplajung


विश्वकपमा आज ३ खेल हुँदै,नाइजेरिया,ब्राजिल र स्विजरल्याड विजयी
असार ९ गते । विश्वकपको समूह डी अन्तर्गत पहिलो जित निकाल्ने क्रममा नाइजेरियाले नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित दर्ता गरेको छ । यस जितले फाइदा भने अर्जेन्टिनालाई भएको छ । समीकरण अनुसार समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ । यतिले मात्र पुग्दैन क्रोएसिया र आइसल्याण्डको नतिजामा पनि भर पर्नुपर्छ । क्रोएसियाले आइसल्याण्डलाई हराएमा वा बराबरी खेलेमा अर्जेन्टिना अर्को चरणमा पुग्नेछ ।
 २ खेलबाट ६ अंक जोडेको क्रोएसिया समूहको शीर्ष स्थानमा रहँदा आजको जितसँगै नाइजेरिया ३ अंकसहित दोस्रो तथा एक एक अंक जोडेका आइसल्याण्ड र अर्जेन्टिना क्रमसः तेस्रो र चौथो स्थानमा छन् । शुक्रबारको खेलमा आइसल्याण्डले पहिलो हाफ गोलरहित बराबरीमै रोकेको थियो । तर, दोस्रो हाफमा भने बढी आक्रामद देखिएको नाइजेरियाले २ गोल गर्न सफल भयो बलियो रक्षापंक्तिलाई चिर्दै दुवै गोल अहमद मुसाले गरेका थिए । ८२औं मिनेटमा आइसल्याण्डले पाएको पेनाल्टी अवसरमा स्ट्राइकर जिल्फी सिगर्डसन चुकेपछि उसको २–० को हार निश्चित भयो ।
यसैबिच रूसमा जारी फिफा विश्वकप २०१८मा कोष्टारिकाविरूद्ध गोल गरेका नेइमार ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने तेस्रो खेलाडी भएका छन् शुक्रबार समूह चरणको आफ्नो दोस्रो खेलमा ब्राजिलले कोष्टारिकालाई २(०ले हराउने क्रममा नेइमार र कौटिन्होले इन्जुरी समयमा गोल गरेका थिए। निर्धारित समय गोलरहित बराबरीमा सकिनै लागेको बेला इन्जुरी समयका लागि थपिएको ६ मिनेटमध्ये पहिलो मिनेटमा कौटिन्हो र अन्तिम मिनेटमा नेइमारले गोल गरेका थिए। नेइमारको अन्तर्राष्ट्रिय गोल संख्या ५६ पुगेको छ। ब्राजिलका लागि सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने क्रममा पेले र रोनाल्डो भन्दा पछि छन्। पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् भने रोनाल्डोले ६२ गोल गरेका छन्।
यसैबिच सर्बियालाई २–१ ले हराउँदै स्विट्जरल्याण्डको नकआउट चरण पुग्ने बाटो बलियो
सर्बियालाई पराजित गर्दै स्विट्जरल्याण्डले फिफा विश्वकपको नकआउट चरणको आशा बलियो बनाएको छ । समूह ईको दोस्रो खेलमा एक गोलले पछि परेको अवस्थामा स्विस टोलीले नतिजा उल्टाएको थियो । स्विट्जरल्याण्डको जितमा जेर्दन शाकरीको गोल निर्णायक बनेको थियो ।
कलिनिङगार्ड मैदानमा भएको खेलमा सर्बियाले लिएको सुरुवाति अग्रतामा ग्रानिट जाका र शाकिरीले दोस्रो हाफमा गोल फर्काएपछि तीन अंक खोस्न सफल भएको हो । खेलको पाँचौं मिनेटमा नै अलेक्सान्दर मित्रोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सर्बियाले अग्रता जोगाए पनि ५२औं मिनेटमा जाकाले गोल गर्दै खेल बराबरीमा पुर्याए । सर्बियाका डिफेन्डरबाट रिबाउन्ड आएको बललाई जाकाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
९०औं मिनेटमा जेर्दन शाकिरीले वान भर्सेस वानको स्थितिमा उत्कृष्ट गोल गर्दै स्विट्जरल्याण्डको जित सुनिश्चित गराए । खेलमा सर्बियाले केही उत्कृष्ट मौका गुमाएको थियो । पहिलो खेलमा ब्राजिललाई बराबरीमा रोकेको स्विट्जरल्याण्डको समूहमा चार अंक भएको छ भने सर्बियाको तीन अंक छ । यसै समूहमा ब्राजिलले पनि चार अंक बनाएको छ । जित हात पारेको भए नकआउट चरणमा पुग्ने सर्बियाको नकआउट यात्रा अब कठिन बनेको छ ।

 रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शनिबार आज ३ खेलहरू हुँदैछन्।  समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह जी मा रहेका बेल्जियम र ट्युनिसियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल स्पार्टक रंगशाला मस्कोमा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ।
समुह चरणको आफ्नो पहिलो खेलमा बेल्जियमले पानामालाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्दा ट्युनिसिया भने इङल्याण्डसँग २–१ ले पराजित भएको थियो।  आजै हुने दोस्रो खेलमा बेलुका ८ः४५ बजे समूह एफका दक्षिण कोरिया र मेक्सिको भिड्नेछन्। सो खेल रोस्टोभ एरिना सामरा रंगशालामा हुनेछ।
दक्षिण कोरिया पहिलो खेलमा स्विडेनसँग १–० ले पराजित भएको थियो भने मेक्सिकोले जर्मनीलाई १–० ले पराजित गरेको थियो। अघिल्लो चरणको यात्रा तय गर्न दक्षिण कोरियालाई यो खेल जित्नैपर्ने दबाब छ। त्यस्तै फिस्ट ओलम्पिक रंगशाला सोचीमा हुने आजको अन्तिम खेलमा राती ११ः४५ मा समुह एफ का जर्मनी र स्विडेन आमने सामने हुनेछन्। अघिल्लो चरणको यात्रा तय गर्न साविक विजेता जर्मनीलाई यो खेल जित्नैपर्ने दबाब छ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा