विश्वकपमा दक्षिण अमेरिकी टोलीलाई हराउने पहिलो एसियाली देश बन्यो जापान

SITENAME

विश्वकपमा दक्षिण अमेरिकी टोलीलाई हराउने पहिलो एसियाली देश बन्यो जापान
 असार ६ गते । विश्वकप २०१८ को समूह एच अन्तरगतको खेलमा कोलम्बियालाई जापानले २–१ ले हराएको छ । यसका साथै विश्वकप इतिहासमा दक्षिण अमेरिकी राष्ट्रलाई हराउने जापान पहिलो एसियाली देश बनेको छ ।

विश्वकपका विभिन्न संस्करणमा एसियाली देशहरुको दक्षिण अमेरिकी देशसँग १७ पटक भेट भएको छ । तर यसअघि कुनै पनि एसियाली टिमले दक्षिण अमेरिकी राष्ट्रलाई हराउन सकेको थिएन । यति मात्र होइन, जापानले अघिल्लो विश्वकपमा कोलम्बियासँग भोगेको हारको बदला समेत लिएको छ । अघिल्लो संस्करणमा जापान ४–१ ले पराजित भएको थियो ।

जापानविरुद्धको खेलमा  जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि  जापानले पेनाल्टी पाएको थियो ।

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी शिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाए ।

डिबक्सभित्र हातले बल रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिए ।सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी पनि भएका छन् ।

स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सीमित भएपछि अझ दबाबमा थियो । तर १० खेलाडीमा सीमित भए पनि कोलम्बियाले जापानमाथि निरन्तर दबाब बनाइराख्यो । खेलको ३७ औँ मिनेटमा डिबक्सबाहिर जापानी खेलाडी माहोतो हासेबेले कोलम्बियाली खेलाडी राडामेल फाल्काओलाई लडाएपछि कोलम्बियाले फ्रिकिक पायो । जुवान क्विन्टेरोले फ्रिकिकमार्फत गोल गर्दै १–१ को बराबरी गरे ।

खेलको ५९ औँ मिनेटमा कोलम्बियाले क्विन्टेरोको स्थानमा रोड्रिग्वेजलाई मैदानमा प्रवेश गरायो । तर खेलको ७३ औँ मिनेटमा जापानका लागि युया ओसाकोले केइसुके होन्डाले प्रहार गरेको कर्नरमा हेडमार्फत सुन्दर गोल गर्दै २–१ को जित सुनिश्चित गरे ।

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली क्रिकेट टोलीले आज प्रतिष्ठित क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेल्ने

नेपाली क्रिकेट टोलीले आज प्रतिष्ठित क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेल्ने  साउन ५ गते । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक

SITENAME

हाजार्ड र कोट्वालाई भित्र्याउने तयारीमा रियल मड्रिड

हाजार्ड र कोट्वालाई भित्र्याउने तयारीमा रियल मड्रिड साउन ४ गते । स्पेनिस क्लब रियल मड्रिडले चेल्सीका गोलरक्षक थिबाउट कोट्वा र प्लेमेकर इडेन हाजार्ड

SITENAME

विश्वकप फुटबल २०१८

 विश्वकप फुटबल २०१८  असार ३२ गते । विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबलको २१औँ संस्करण फ्रान्स च्याम्पियन भएसँगै आइतबार रुसमा सम्पन्न भएको छ । अब