ताजा खबर

राष्ट्रिय परिचयपत्र: १ सय २ वर्षीया बृद्धाबाट विवरण संकलन सुरु

RadioTaplajung

राष्ट्रिय परिचयपत्र: १ सय २ वर्षीया बृद्धाबाट विवरण संकलन सुरु
 असार ६ गते । पाँचथर – नेपालमा पहिलो पटक वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्रको आवश्यक विवरण संकलनको काम पाँचथरबाट सुरु भएको छ ।

पहिलो चरणमा एक लाख १७ हजार जनालाई वितरण गर्न लागिएको परिचयपत्र मंगलबार फिदिम नगरपालिका–४, कि १ सय २ वर्षीया बृद्धा भगवतीदेवी भण्डारीबाट आवश्यक विवरण संकलन सुरु गरिएको हो ।

पहिलो चरणमा वितरण गरिने १ लाख १७ हजारमध्ये १ लाख १० हजार पाँचथर जिल्लामा वितरण गरिने छ भने बाँकी ७ हजार सिंहदरबारका कर्मचारीलाई वितरण गरिने राष्ट्रिय परिचय पत्र व्यस्थापन केन्द्रका निर्देशक शिवराम जोशीले बताउनुभयो ।

विवरण संकलनका लागि २० जना कम्प्युटर अपरेटरहरुलाई तथ्याङक संकललन सम्बन्धी तालिम दिइएको छ । यस्तै ५ जना प्रमाणिकरण अधिकृत तयार पारिएको बताइएको छ ।

जोशीका अनुसार पहिलो चरणमा फिदिम नगरपालिकामा विवरण संकलन गरिनेछ । त्यसका लागि तीन वटा संकलक टोली निर्माण गरी काम अघि बढाइएको छ । प्रत्येक टोलीमा ५ जना कम्प्युटर अपरेटर, एक जना प्रमाणिकरण अधिकृत, एक जना सहयोगी र एक जना सुरक्षाकर्मी खटाइएको छ । विवरण संकलनका क्रममा सम्बन्धित व्यक्तिको नाम, बाबु, बाजे, आमाको, श्रीमान वा श्रीमतीको नाम जन्म मिति, पेशा, धर्म, लिङ्ग, नागरिकता नम्बरलगायत विवरण लिइनेछ ।

यस्तै व्यक्तिको १० वटै औँलाको औँठाछाप र तस्बिर लिइनेछ । नागरिकले विभिन्न प्रयोजनका लागि कयौँ प्रकारका सरकारी प्रमाण पत्र लिनुपर्ने झन्झटलाई हटाई एउटै कार्डबाट सबै सेवा प्राप्त गर्न सक्ने, मुलुक भित्र तथा बाहिर प्रत्येक नेपालीले पूर्ण विवरणसहितको पहिचान दिलाउने सक्ने राष्ट्रिय परिचय पत्र वितरण गर्ने सरकारी लक्ष्यअनुसार कार्य अघि बढेको हो ।

मेमोरी चिप्ससहितको मेशिन रिडेबल कार्ड हुने भएकोले पछिबाट यसमा अन्य सम्पूर्ण विवरण अटाउन सकिने बताइएको छ । नेपाल सरकारले वि।स। ०६६÷६७ देखि नै राष्ट्रिय परिचय पत्र वितरणको अवधारणा अघि सारेको थियो । परिचय पत्र वितरण गर्ने निर्णय भने ०७४ भदौ १९ गतेको मन्त्रिपरिषदको बैठकले गरेको थियो ।
स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक