ताजा खबर

तपाईंको प्रदेशमा कस्तो छ वित्तीय पहुँच ?

RadioTaplajung

तपाईंको प्रदेशमा कस्तो छ वित्तीय पहुँच ?
असार ५ गते । मुलुक संघीयतामा गएपछि पनि अधिकांश वित्तीय सेवा सुविधा अझै काठमाडौं उपत्यका (प्रदेश तीन) मै केन्द्रित छ । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेपको करिब ७२ प्रतिशत र ती संस्थाबाट प्रवाह भएको कुल कर्जाको ५७ प्रतिशत हिस्सा प्रदेश तीनमै रहेकाले यस्तो देखिएको हो ।
कुल निक्षेपमा बाँकी ६ वटा प्रदेशको हिस्सा २८ प्रतिशत र कर्जा प्रावहमा ४३ प्रतिशत मात्र रहेको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखएको छ ।

हाल २८ वटा वाणिज्य बैंक, ३६ विकास बैंक र २५ वटा फाइनान्स कम्पनी छन् । ती बैंक तथा वित्तीय संस्थाले कुल ३ हजार ६ सय ६३ शाखामार्फत मुलुकभर वित्तीय सेवा दिँदै आएका छन् । संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७ सय ५३ स्थानीय तहमध्ये ०७५ बैशाखसम्म ५ सय ३१ वटामा वाणिज्य बैंकको उपस्थिति छ ।

हेर्नुस तपाईंको प्रदेशमा कुन वर्गका कति बैंक पुगेका छन् रु प्रति शाखामा आश्रित जनसंख्या कति हो रु वित्तीय पहुँच र साक्षरताको अवस्था कस्तो छ रु

प्रदेश १ स् गत चैतसम्म यो प्रदेशमा वाणिज्य बैंकको ४ सय ६, विकास बैंकको १ सय १३ र वित्त कम्पनीको ३८ गरी ५ सय ५७ शाखा छन् । यो बैंक तथा वित्तीय संस्थाको कुल शाखाको १५।२ प्रतिशत हो । यो प्रदेशमा एउटा शाखाले ८ हजार ६ सय ३७ जना नागरिकलाई वित्तीय सेवा पुर्‍याउँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा यो क्षेत्रको योगदान ६ प्रतिशत छ । यस्तै, यो प्रदेशले कुल ऋण प्रवाहको १२ प्रतिशत उपयोग गरेको छ । यो प्रदेशमा रहेका १ सय ३७ स्थानीय तहमध्ये ९७ वटामा वाणिज्य बैंकको शाखा पुगेका छन् ।
प्रदेश २ स् बैंक तथा वित्तीय संस्थाको कुल शाखामध्ये ९ प्रतिशत यो प्रदेशमा छन् । जसमध्ये वाणिज्य बैंकको २ सय ७४, विकास बैंकको ४१ र वित्त कम्पनीको १७ वटा गरी कुल ३ सय ३२ शाखा प्रदेश २ मा छन् । यो प्रदेशमा प्रतिशाखा आश्रित जनसंख्या १७ हजार ९ सय ७३ छ । आश्रित जनसंख्या अन्य ६ वटा प्रदेशभन्दा बढी हो । यसको अर्थ यो प्रदेशमा सञ्चालन भएको एउटा शाखाले करिब १८ हजार जनसंख्यालाई वित्तीय सेवा पुर्‍याउँदै आएका छन् भन्ने हो । यो प्रदेशमा कुल निक्षेप संकलनको ४ प्रतिशत मात्र संकलन हुँदै आएको छ । कर्जा उपयोगका हिसाबमा यो प्रदेश सामान्य नै देखिन्छ । बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह मध्ये यो प्रदेशको अंश ८ प्रतिशत छ । यो प्रदेशमा पर्ने १ सय ३६ स्थानीय तहमध्ये गत वैशाखसम्म १ सय २ वटामा वाणिज्य बैंक पुगिसकेको छ ।

प्रदेश ३ स् उपलब्ध शाखाका आधारमा प्रदेश तीन सबैभन्दा अघि छ । यो प्रदेशमा वाणिज्य बैंकका ९ सय ४१, विकास बैंकका २ सय ५२ र वित्त कम्पनीका ७० गरी १ हजार २ सय ६३ शाखा सञ्चालनमा छन् । यो कुल शाखा संख्याको करिब साढे ३४ प्रतिशत हो । यो क्षेत्रमा प्रतिशाखा आश्रित जनसंख्या ४ हजार ८ सय ५३ जना छ । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेपमा करिब ७२ प्रतिशत योगदान यो प्रदेशको छ । यसैगरी, कुल कर्जा प्रवाहको ५७ प्रतिशत अंश यी प्रदेशले उपयोग गरिरहेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । यो प्रदेशमा रहेका १ सय १९ स्थानयि तहमध्ये ९५ वटामा बैंक पुगिसकेको छ । बाँकी २४ वटा स्थानीय तह अझै बैंक विहिन छन् ।

प्रदेश ४ स् वाणिज्य बैंकका ३ सय ४, विकास बैंकका २ सय ६ र वित्त कम्पनीका २५ गरी ५ सय ३५ शाखा यो क्षेत्रमा सञ्चालित छन् । यो मुलुकभर सञ्चालित कुल शाखा संख्याको करिब साढे १४ प्रतिशत हो । प्रतिशतमा हेर्दा थोरै देखिएपनि यो प्रदेशमा प्रतिशाखा आश्रित जनसंख्या सबैभन्दा कम छ । यो प्रदेशमा रहेका पत्येक शाखाले ४ हजार ६ सय ४० जनालाई वित्तीय सेवा पुर्‍याउँदै आएका छन् । मुलकभरको कुल निक्षेपमध्ये ८ प्रतिशत यो प्रदेशमा संकलन हुँदै आएको छ । तर, कर्जा उपयोग अनुपात भने निक्षेप अनुपात भन्दा एक प्रतिशत विन्दुले बढी छ । यो प्रदेशले कुल कर्जाको ९ प्रतिशत उपयोग गरेको देखिन्छ । यो प्रदेशमा रहेका ८५ स्थानीय तहमध्ये ६७ मा वाणिज्य बैंक पुगिसकेका छन् ।

प्रदेश ५ स् वित्तीय पहुँच, शाखा, निक्षेप संकलन र कर्जा उपयोगका हिसाबले यो प्रदेश मध्यम स्तरको देखिन्छ । वित्तीय संस्थाका कुल शाखामध्ये करिब १८ प्रतिशत यो प्रदेशमा छन् ।

जसमध्ये वाणिज्य बैंकका ३ सय ९०, विकास बैंकका २ सय ४२ र वित्त कम्पनीका २५ वटा शाखा छन् । यो क्षेत्रमा प्रतिशाखा आश्रित जनसंख्या ७ हजार ६ सय ९४ जना छ । कुल निक्षेपमा यो क्षेत्रको योगदान ७ प्रतिशत छ भने १० प्रतिशत कर्जा उपयोग यो प्रदेशमा भएको देखिन्छ । यो प्रदेशमा रहेका १ सय ९ स्थानीय तहमध्ये वैशाखसम्म ८५ वटामा बैंक पुगिसकेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रदेश ६ स् वित्तीय पहुँच, शाखा, निक्षेप संकलन, कर्जा उपयोगमात्र नभएर वित्तीय साक्षरतामा पनि सबै भन्दा पछि देखिन्छ कर्णाली प्रदेश । कुल शाखाको जम्मा ३।१ प्रतिशतमात्र यो प्रदेशमा छन् । यो प्रदेशमा रहेका १ सय १३ वटा शाखाहरुमध्ये वाणिज्य बैंकका १ सय ३, विकास बैंक ८ र वित्त कम्पनीका २ वटा छन् । यो क्षेत्रमा सञ्चालित प्रत्येक शाखाले औसतमा १३ हजार ८ सय ३३ जनालाई वित्तीय सेवा पुर्‍याउँदै आएका छन् । प्रतिशाखा आश्रित जनसंख्याका आधारमा यो प्रदेश दोस्रोमा छ । यो प्रदेशले कुल निक्षेप संकलन र कर्जा प्रवाहको १र१ प्रतिशत मात्र हिस्सा ओगटेको छ । यो प्रदेशमा ६९ वटा मात्र स्थानीय तह छन् । ती मध्ये ३८ स्थानमा मात्र वाणिज्य बैंक पुगका छन् ।

प्रदेश ७ स् यो प्रदेश वित्तीय पहुँच र साक्षरताका हिसाबले कर्णाली प्रदेशपछिको कमजोर देखिन्छ । मुलुकभर रहेका कुल शाखामध्ये करिब ६ प्रतिशत मात्र यो प्रदेशमा छन् । ती शाखाहरुले औसतमा १३ हजार ३९ जनालाई वित्तीय सेवा पुर्‍याउँदै आएका छन् । यो प्रदेशमा वाणिज्य बैंकका १ सय ६६, विकास बैंकका ४६ र वित्त कम्पनीका ३ गरी २ सय १५ शाखा सञ्चालनमा छन् । कुल निक्षेप संकलनमा यो प्रदेशको हिस्सा २ प्रतिशत मात्र छ । यसैगरी कर्जा उपयोगका हिसावले पनि यो प्रदेश निकै पछि छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ३ प्रतिशत मात्र यो प्रदेशले उपयोग गरेको देखिन्छ । यो प्रदेशमा रहेका ८८ वटा स्थानीय तहमध्ये वैशाखसम्म ४७ वटा स्थानीय तहमा मात्र बैंक पुगेका छन् । स्र्रोतः ई कान्तिपुर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,