ताजा खबर

३५ अर्ब ९३ करोडको बजेट

RadioTaplajung


विराटनगर, असार २ ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैया“को बजेट प्रदेशसभामा पेस गरेको छ । शक्रुबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट पेस गरेका हुन् ।

 

बजेटमा पुँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख अर्थात् ५१ दशमलव ५ प्रतिशत र चालुतर्फ १४ अर्ब ९२ करोड २८ लाख अर्थात् ४१ दशमलव ५ प्रतिशत विनियोजन गरिएको छ । यसैगरी अन्तरसरकारी हस्तान्तरणतर्फ २ अर्ब ५० करोड ५० लाख रुपैया“ विनियोजन गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान २२ अर्ब ८८ करोड ७० लाख, राजस्व बा“डफा“डबाट प्राप्त हुने ९ अर्ब १८ करोड ११ लाख र आन्तरिक राजस्वबाट ३ अर्ब ६६ करोड ७८ लाख रुपैया“ प्राप्त हुने अनुमान गरिएको छ । 

सरकारले नीति तथा कार्यक्रममा सार्वजनिक गरेका नारालाई कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको छ । ‘सबैभन्दा बेस, एक नम्बर प्रदेश’ यो नारा साकार बनाउन बजेट केन्द्रित गरिएको छ । बजेटले प्रदेशमा रहेको गरिबीलाई छेड्ने प्रयास गरेको छ । गरिबी न्यूनीकरण गर्ने, प्रदेशको आर्थिक समृद्धि हासिल गर्ने, भौतिक तथा सामाजिक पूर्वाधार तयार गरी समुन्नत सुदृढ स्वाधीन र समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्न बजेट सफल हुने दाबी सरकारको छ । 

बजेटले प्रदेशसभा सदस्यहरूका लागि प्रदेश निर्वाचन क्षेत्र विषेश कार्यक्रममा हरेक निर्वाचन क्षेत्रमा २ करोड रुपैया“ छुट्याएको छ । प्रदेश १ का १४ जिल्लामा ५६ बाट प्रदेश निर्वाचन क्षेत्र रहेका छन् । त्यसका लागि १ अर्ब १२ करोड विनियोजन गरिएको छ ।यसैगरी कृषि क्षेत्रको समग्र विकासका लागि ८५ करोड विनियोजन गरिएको छ भने पर्यटन क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि ८९ करोड विनियोजन गरिएको छ । यसैगरी औद्योगिक क्षेत्रको विकासका लागि १ अर्ब ३० करोड, शिक्षा क्षेत्रका लागि १ अर्ब ३५ करोड र स्वास्थ्य क्षेत्रका लागि १ अर्ब ४४ करोड विनियोजन गरिएको छ । युवा तथा खेलकुद क्षेत्रको समग्र विकासका लागि ४३ करोड, खानेपानी, वन वातावरण र सरसफाइमा २ अर्ब ७४ करोड, सुरक्षा तथा सामाजिक न्यायका लागि १ अर्ब २९ करोड विनियोजन गरिएको छ । बजेटमा कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाइन आवश्यक बजेटको व्यवस्था गरिएको छ भने प्रत्येक जिल्लमा एक सय शøयाको अस्पताल बनाइनेछ ।

सबै स्थानीय तहबाट एक–एक जनालाई एमबीबीएस पढाइने, ऊर्जा विकास र जलस्रोत विकासका लागि ७१ करोड, पा“च वर्षभित्र १५०० मेगावाट बिजुली निकालिने घरघरमा बिजुली जनजनमा सेयरजस्ता कार्यक्रम ल्याएको छ । १० बिघाभन्दा बढी जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्न आवश्यक बजेट छुट्याएको छ ।

हरेक आर्थिक वर्षमा उत्कृष्ट काम गर्ने एउटा स्थानीय तहलाई प्रोत्साहनस्वरूप एकमुष्ट ५ करोड उपलब्ध गराइने भएको छ । सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेको बताइरहदा बजेट विनियोजन भने सन्तोषजनक गर्न सकेको छैन ।बजेटमा कृषि अनुदान कोष निर्माण गरी सस्तो व्याज दरमा ऋण प्रदान गर्ने, पाउडर दूध उत्पादन गर्नेलाई अनुदान दिने, प्रदेशमा कम्तीमा ३ वटासित भण्डारण केन्द्र स्थापना गरिने, कृषि औजार खरिदका लागि अनुदान दिने लगायतका विषयका लागि बजेट विनियोजन गरिएको छ । 

बजेट प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि ८९ करोड विनियोजन गरेको छ । पर्यटन क्षेत्रको विकासका लागि उच्च हिमाली पदमार्गका साथै, ‘प्रदेशको सान सबैको अनुहारमा मुस्कान’ भन्ने नारालाई साकार पार्न पर्यटन क्षेत्रको दिगो विकाससहित २ हजारलाई रोजगारी दिने उल्लेख छ ।

आगामी ५ वर्षमा १५ सय मेगावाट, १० वर्षमा ३ हजार र १५ वर्षमा ४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य बजेटले लिएको छ । प्रदेश स्तरमा जलविद्युत् लगानी कम्पनी गठनलाई सरकारले प्राथमिकतामा राखेको छ ।उद्योगको विकासका लागि प्रदेश सरकारले १ अर्ब ३० करोड विनियोजन गरेको छ । विराटनगर आसपासको क्षेत्रलाई औद्योगिक करिडोर र व्यापारिक हवका रूपमा विकास गर्न बजेट विनियोजन गरिएको छ । शिक्षा क्षेत्रमा सरकारले १ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

शिक्षाको गुणस्तर सुधारका लागि प्रत्येक वर्ष १४ वटा सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने, शिक्षकलाई गुण र दोषका आधारमा कारबाही उल्लेख छ । कोसी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने, प्रदेशको राजधानीमा कम्तीमा ५ सय शøयाको सुविधान सम्पन्न अस्पताल स्थापना गर्ने, प्रत्येक जिल्लामा १ सय शøया र गाउ“पालिकामा १५ देखि २५ शøयासम्मको अस्पताल स्थापना गर्ने बजेटमा उल्लेख छ । स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेशले १ अर्ब ४४ करोड विनियोजन गरेको छ ।

संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान तथा प्रदेशको राजस्वलाई परिचालन गरी प्रदेशका कार्यक्रमहरू सञ्चालन गरिने मन्त्री आङबोले बताए । ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु जिल्लालाई जडिबुटी उत्पादन र प्रशोधन केन्द्रका रूपमा विकसित गरिने भएको छ । ताप्लेजुङ जिल्लालाई अलैंची उत्पादनको विषेश क्षेत्र घोषणा गरी बजेट विनियोजन गरिएको छ । संखुवासभा र भोजपुर जिल्लामा रहेको रुद्राक्ष खेतीलाई व्यावसायिक बनाउन आवश्यक बजेट विनियोजन गरिएको छ । 

कोसी टप्पु, बर्जुताल, तालतलैया इटहरी, रामधुनी, बराहक्षेर, विष्णुपादुका, बुढासुब्बा, पिण्डेश्वरी क्षेत्रलाई बराह–विजयपुर सर्किट तथा तथा हलेसी, छिन्ताङ, बराहपोखरी, साल्पा पोखरी, मनकामना, सिद्दकाली, माआपोखरी, मागंसेबुङ, सिलौटी, लब्रेकुटी र पाथीभरा क्षेत्रलाई शतिपीठ सर्किटका रूपमा विकास गरिने भएको छ । प्रदेशमा १ सयवटा होमस्टेहरू बनाइने भएको छ ।

                             कान्तिपुरबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,