ताजा खबर

बालक अपहरणको प्रयास गर्ने एकजना पक्राउ

RadioTaplajung


बालक अपहरणको प्रयास गर्ने एकजना पक्राउ
 असार १ गते । कपिलवस्तु – मध्य रातमा बुद्धभूमि नगरपालिका वडा नं.१० गगनी गाउँमा २ वर्षीय बालक अपरहण गर्न खोजेको भन्दै स्थानीयले एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । यसरी पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर १ नवलपरासीका सुवास हरिजन रहेका छन् ।
 
स्थानीय राम औतार पासीको २ वर्षीय बालकलाई गाउँबाट जबरजस्ती बोकेर जैजाँदै गर्दा स्थानीयले पक्राउ गरेको बताएका छन् । उनलाई गाउँमै बाँधेर राखी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गाउँलेको खबरबाट जिल्ला प्रहरी कार्यालय तौलिहवा र ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट गएको प्रहरी टोलीले हरिजनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा थुनामा राखेको छ ।

बालकलाई बली दिन अपहरण गरी लैजान लागिएको गाउलेको आशंका छ । पक्राउ परेका हरिजन उपर थप अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो ।

पछिल्लो समय मानव बलि दिने घटनाहरु बढ्न थालेका कारण बालकलाई पनि बलि दिने नियतले अपहरण गरिएको हुनसक्ने गाउँलेले आशंका गरेका छन् ।
स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले