ताजा खबर

इन्धनको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

RadioTaplajung


ताप्लेजुङ, इन्धन लगायत दैनिक उपभोग्य सामग्रीमा भएको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । जनताको ढाड सेक्ने गरी चर्को मूल्य वृद्धि भएको भन्दै कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले आन्दोलन गर्दै आएको छ । तर, सरकारले नसुनेपछि विहिबार बिहान प्रधानमन्त्रीको पुत्ला जलाइएको नेविसंघ जिल्ला अध्यक्ष डम्बर हाङगामले बताए । बिहान पुरानो बैंक लाइनमा भेला भएका नेविसंघका कार्यकर्ताले नाराबाजी गर्दै विरेन्द्र चौकमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर पुत्ला तथा झण्डा खोसाखोससमेत भएको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले