ताजा खबर

आज विश्वकप फुटबलको उद्घाटन,उदघाटन समारोहलाई भव्य बनाउने रुसको तयारी

RadioTaplajung

आज विश्वकप फुटबलको उद्घाटन,उदघाटन समारोहलाई भव्य बनाउने रुसको तयारी
जेठ ३१ गते । आफ्नो भूमिमा पहिलो पटक  आयोजना हुन लागेको विश्वकपका लागि रसियाले भव्य तयारी गरेको छ ।

बिहीबारबाट सुरु हुने विश्व फुटबलको महाकुम्भको उद्घाटन समारोह उत्कृष्ट हुने रसियाको दावी छ ।

विश्वव्यापी गायक रोब्बी विलियम्सले रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् । उनलाई रसियन स्टार एइडा गारिफुलिनाले स्टेजमा साथ दिनेछन् ।

‘रसियामा प्रस्तुति गर्नका लागि म निकै उत्साहित छु । फिफा विश्वकपको उद्घाटनमा ८० हजार प्रत्यक्ष र करोडौं अप्रत्यक्ष दर्शकसामु प्रस्तुति सानैदेखिको सपना थियो ।’ रोब्बीले भने, ‘आउँदो क्षणलाई अविस्मरणीय बनाउनका लागि फुटबल र संगीतका पारखीहरुलाई निमन्त्रणा दिन चाहन्छु ।’

विश्वकपका अघिल्ला संस्करणभन्दा यो संस्करणको उद्घाटन समारोह केही पृथक हुनेछ । यो पटक उद्घाटन समारोहले सांगितिक प्रस्तुतिमा व्यापक जोड दिनेछ, जुन ‘किक–अफ’ भन्दा आधा घण्टा अघि सुरु हुनेछ ।

विश्वकपको ट्रफी जित्नका लागि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । दुई पटक ब्राजिललाई विश्वकप जिताएका लिजेन्ड रोनाल्डोले मैदानमा ट्रफी भित्राउनेछन् । ‘प्रतियोगिताको उद्घाटन खेल प्रतिकात्मक हुन्छ । फुटबल प्रेमी, खेलाडी, पदाधिकारी लगायत सबैले यो क्षणलाई निकै महत्वपूर्ण अनुभव गर्दछन्’, ब्राजिलियन लिजेन्ड रोनाल्डोले भने, ‘किनभने यो क्षण चार वर्षको व्यग्र प्रतिक्षापछि आएको छ र आउँदो एक महिनाबीचमा के हुन्छ कसैलाई थाहा हुँदैन ।’

रोनाल्डो भन्छन्, ‘आयोजक राष्ट्रका लागि त यो क्षण भावनात्मक रुपमा जोडिएको हुन्छ । पूरै विश्व फुटबल प्रतिको मोह दर्साउनका लागि आयोजकको आँगनमा एकत्रित हुन्छ र आयोजकले त्यसका लागि ठूलो परिश्रम गरेको हुन्छ । यो मैले अघिल्लो संस्करणमा भोगेको हुँ ।’

उद्घाटन समारोहका प्रस्तुतिहरु रसियाको च्यानल वनले निर्माण गरेको हो । तीन वर्षअघिको खेल तालिका सार्वजनिक कार्यक्रमदेखि विश्वकपको सन्दर्भमा भएका र जुलाई १५ सम्म हुने सबै कार्यक्रमहरुको डिजाइन फेलिक्स मिखाइलोभले गरेका हुन् ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा