ताजा खबर

गैर सरकारी संस्थाले एउटा मात्रै कामगर्न पाउने

आनन्द गौतम/ताप्लेजुङ जेठ ३१, २०७५ – चारतीर हात पसार्ने गैर सरकारी संस्थालाइ सरकारले अंकुस लगाएको छ । अव एउटा संस्थाले एउटा मात्रै कामगर्न पाउने भएको छ । जेठ २५ गतेको गृहमन्त्रालयको मन्त्रीस्तरिय निर्णयले कडाइ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मोहन जिसीका अनुसार अव एकभन्दा बढी क्षेत्रमा कामगर्ने संस्थाको दर्ता र नविकरण दुवै हुने छैन । यसअघि दर्ताभएका संस्थाहरुले उद्धेष्य संसोधन गरेर एउटा मात्रै बनाउनु पर्ने छ । गैर सरकारी संस्थामा कामगर्ने पदाधिकारी, सदस्य तथा कर्मचारीले सम्पत्ति विवरण अनिवार्य वुझाउनु पर्नेछ । संस्था नविकरणकालागी कम्तिमा चौमासिक प्रतिवेदन अनिवार्य बुझाउनु पर्ने भएको छ ।

पुराना संस्थाका हकमा १५ दिनभित्र नविकरण गर्न समेत प्रशासन कार्यालयले आब्हान गरेको छ । त्यसपछि आए नविकरण नहुने कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्यांक अनुसार यहा ४ सय ९६ संस्था दर्ता भएका छन । तर १ सय १७ वटा मात्रै नवीकरण गरेर सञ्चालनमा छन ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले