ताजा खबर

श्रीमतीलाई बलात्कार गर्ने श्रीमानलाई तीन वर्ष कैद

RadioTaplajung



ताप्लेजुङ, श्रीमतीलाई जवर्जस्ती करणी गर्ने श्रीमानलाई जिल्ला अदालत ताप्लेजुङले तीन बर्ष कैदको सजाँय सुनाएको छ । आफूभन्दा ८ वर्ष जेठी श्रीमतीलाई जबरजस्ती गर्ने ३५ वर्षिय श्रीमानलाई जिल्ला न्यायाधिष कुपासुर कार्कीको इजलासले बुधबार उक्त फैसला गरेको हो । पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएकोले पीडितलाई सरकारबाट ५० हजार क्षतिपूर्ति भराउने फैसलामा उल्लेख रहेको जिल्ला अदालतका श्रेष्तेदार गोपाल थापाले जानकारी दिए ।  पिडक फक्ताङलुङ गाउँपालिका घर भई हाल फुङलिङ नगरपालिकामा बस्दै आएका छन् । अदालतले दुबैको नाम गोप्य राखेको छ । २०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी  भदौ ३० गते अदालतमा पुगेको थियो । जाहेरी परेको ४ बर्षपछि अदालतले पीडक बिरुद्ध कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो । जाहेरीमा पीडितले श्रीमानले कान्छी श्रीमती लिएर भागेको र केहि सयमपछि फर्केर आफुमाथि जवर्जस्ती करणी गरेको उल्लेख गरेकी थिईन् । पिडक भने हालसम्म फरार छन् । 
सांकेतिक तस्विर गुगोलबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक