ताजा खबर

महँगीको विरुद्धमा उत्रियो नेपाल विद्यार्थी संघ

RadioTaplajung


रेडियो ताप्लेजुङ
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको सँगै अन्य प्रत्येक दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको विरोधमा नेपाल विद्यार्थी संघले चरणबद्ध आन्दोलन गरिरहेको छ । आइतबार सदरमुकाम फुङलिङ बजारमा सिट्ठी जुलुस निकालेको नेविसंघ ताप्लेजुङले मंगलबार साँझ राँके जुलुस सहित ¥याली निकालेको छ । सरकारले बहुमतको दम्भ देखाएर हरेक क्षेत्रका अधिनयकवाद लाद्न खोजेको र महिनामा तीन पटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई दुःख दिएकाले विरोधमा उत्रिनुपरेको नेविसंघका अध्यक्ष डम्बर हाङ्गामले बताए । ‘सरकारले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य बस्तुको मूल्य बढाएको र मूल्यवृद्धिको कारण महङ्गीले सर्वसाधारण नागरिको ढाड सक्ने काम गरेको छ,’ उनले भने,‘मूल्य वृद्धिले विषेश गरि सहरी क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीसहित सबै नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ ।’ जनतालाई दुःख परेको बेला पहिल्यैदेखि नेविसंघले साथ दिएको भन्दै अहिले पनि जनताको पक्षमा रहेको यो आन्दोलनमा साथ दिन सबैसँग उनले आग्रह गरे । उनको भनाई छ । ‘सांकेतिक रुपमा हामीले आन्दोलन गरी रहेको छौं’, आन्दोलनमा आवद्ध विद्यार्थी नेता देउमान लंवाले भने, ‘यदी सरकारले यो निर्णय फिता नलिए चरणबद्ध आन्दोनलमा जान्छौं ।’ प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाइएको लंवाले बताए । पेट्रोलियम पदार्थमा भइरहेको निरन्तरको मूल्यवृद्धि र पछिल्लो समय खाद्यान्न, तरकारीको भाउपनि बढ्नुले लोककल्याणकारी राज्यको अनुभूति समेत गर्न नपाएको जिल्ला प्याब्सन ताप्लेजुङका अक्ष्यक्ष इन्द्र गुरुङ बताउँछन् । महंगीले धेरै नागरिक भान्साको खर्च धान्न नसक्ने अवस्थामा पुगेको गुरुङले बताए । मूल्य वृद्धि भइरहँदा सरकार भने रमिते बनेको छ । बजेटमा राजश्व बढेका कारण भाउ बढाउनुपरेको व्यापारीको भनाई छ । तर बजेट साउनदेखि मात्र लागू हुने भएकाले अहिले बढेको मूल्यवृद्धि कृत्रिम हो । तर यस्तो कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कुनै खोजीनीति नै गरेको छैन । न अध्ययन र कालोबजारी गर्नेलाई काराबाही नै गर्न सकेको छ । व्यापारीहरुले कति सामान आयात गरे, कति भण्डारण गरेर राखेका छन् र भाउ कसरी निर्धारण गर्छन् भन्ने जानकारी समेत सरकारलाई छैन । पहिले भण्डारण गरेर राखेका सामानमा पनि व्यापारीहरुले मूल्यवृद्धि गरेर बजारमा बेच्ने गरेको पाईएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले