ताजा खबर

देशभरका हिमालको रोयल्टी ४१ करोड कञ्चनजंघा आरोहीवाट उठ्यो ८३ लाख

RadioTaplajung

आनन्द गौतम/ताप्लेजुङ जेठ २९ – कञ्चनजंघा हिमालले यो बर्ष ८२ लाख २६ हजार सात सय रुपैंया रोयल्टी रकम संकलन गरेको छ । पर्वतारोहणकालागी गएकाहरुबाट मात्रै यती रकम संकलन भएको हो । कञ्चनजंघा आरोहण गर्नेवाट संकलित सम्भवत यो अहिलेसम्मकै सबैभन्दा बढी रकम हुनसक्ने आँकलन गरिएको छ ।

पर्यटन बिभाग पर्वतारोहण शाखाका नायव सुब्बा रामेश्वर निरौलाका अनुसार यो बर्ष ४४ जनाले आरोहण गरेका थिए । यो आरोहणकालागी गएका बिदेसी उनिहरुलाइ नेतृत्व गरेर गएका नेपाली शेर्पा समेतको तथ्यांक हो । आरोहणकालागी अनुमती लिएर जानेले १ हजार ८ सय डलर (नेपाली करिव १ लाख ८० हजार) तिर्नुपर्छ । उनिहरुले कञ्चनजंघा संरक्षण क्षेत्र ब्यवस्थापन परिषदलाइ थप नेपाली दुईहजार रुपैंया बुझाउछन । त्यो रकम परिषदका कर्मचारीले स्थानियस्तरमै उठाउछन । हेलिकप्टरमा आएको भए वा हेलिकप्टर बाट फर्कनेभए अवतरण शुल्क वापत थप दुई हजार बुझाउनु पर्ने हुन्छ । त्यो रकम परिषदको खातामा रहन्छ ।

देशभरिका हिमालवाट ४० करोड ७० लाख रुपैंया संकलन भएको निरौलाले वताए । उनका अनुसार संखुवासभामा रहेको सर्बोच्च शिखर सगरमाथामा मात्रै ३६ करोड १४ लाख रुपैंया संकलन भएको छ । सगरमाथा आरोहणमा जानेले जनही ११ हजार रुपैंया रोयल्टी बुझाउनु पर्छ । यो कञ्चनजंघाको तुलनामा पाँच दोब्बर भन्दा बढी हो । पर्यटककालागी सुविधा, पूर्वाधार नभएका कारण बिश्वको तेश्रो र नेपालको दोश्रो हिमाल भएरपनि कञ्चनजंघामा पर्वतारोही र पर्यटकको संख्या अत्यन्तै न्यून रहेको छ ।

संकलित राजश्व रकम  प्राकृतिक श्रोत तथा बिक्त आयोगले बितरण गर्छ । हिमालभएको जिल्लाले कम्तिमा ५० प्रतिशत रकम पाउनुपर्ने भएपनि अहिलेसम्म नपाएको जिल्ला समन्वय समितिवाट छ महिनाअघिमात्रै अवकास भएका अधिकृत दुर्गा श्रेष्ठ बताउछन । श्रेष्ठका अनुसार केन्द्रवाट जती रकम आउछ त्यसैमा चिक्त बुझाउनुपर्ने बाध्यता छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले