ताजा खबर

ज्याकलिनको आँखामा कहिल्यै निको नहुने चोट

SITENAME

ज्याकलिनको आँखामा कहिल्यै निको नहुने चोट
 जेठ २८ गते ।  बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डीज फिल्म ‘रेस ३’ मा सलमान खानका साथ देखिनेछिन् ।  ‘रेस ३’ एक्सनमा आधारित फिल्म हो ।

यस फिल्मको एक्सन सिन छायांकनको क्रममा अभिनेत्री ज्याकलिन घाइते भएकी थिइन् । अबुधाबीमा एक्सन सिनको छायांकनका क्रममा ज्याकलिनको आँखामा चोट लागेको थियो । चोट लागे लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अब ज्याकलिनको आँखा कहिल्यै पनि निको हुनेछैन ।

ज्याकलिनले उनको इन्स्टाग्राममा एक तस्बिर सेयर गरेकी छिन् । जुन तस्बिरमा उनको आँखा नजिकबाट देखिएको छ । उनले तस्विरको क्याप्सनमा लेखेकी छिन ‘यो चोट सदाको लागि रहनेछ । अब मेरो आँखाको आइरिस कहिल्यै गोलो आकारको हुनेछैन । तर म धन्य छु कि म देख्न सक्छु । ’ एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

इन्गेजमेन्टपछि वर्षा र संजोग बने ‘सन्सा’

माघ २९ गते । गएको ७ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । परिवारको

SITENAME

कंगनाले आलियालाई करण जोहरकी कठपुतली भनेपछि....

माघ २८ गते । कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् । उनको मनमा जे चलिरहेको छ त्यहीकुरा उनी कसैको पर्वाह नगरेरै

SITENAME

पाँचथरकी दीपाको ‘दुख्ने मुटु’ 

  रेडियो ताप्लेजुङ माघ २५ । गायिका दीपा सुहाङ लिम्बुको ‘दुख्ने मुटु’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दीपा पाँचथर घर भई