प्रहरीको गोली लागेर ‘गुन्डा’ अशोक लामा घाइते

SITENAME

प्रहरीको गोली लागेर ‘गुन्डा’ अशोक लामा घाइते
जेठ २८ गते। प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका गुन्डा आरोपित अशोक लामामाथि प्रहरीले सोमबार गोली प्रहार गरेको छ ।
ललितपुरको युएनपार्कनजिकै भएको जवाफी ‘फायरिङ’मा प्रहरीको गोली लागेर लामा घाइते भएका जनाइएको छ ।
एक गोली लागेका लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । उनलाई पक्राउ गर्न अपराध महाशाखाको टोली त्यहाँ पुगेकामा लामाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि जवाफी फायर गरिएको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । घटनास्थलबाट प्रहरीले एकथान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ । लामामाथि यसअघि दुईपटक ज्यान मार्ने उद्योग र अरु सार्वजनिक अपराधमा पनि मुद्दा चलेको थियो ।

उनी व्यवसायीसँग चन्दा आतंक गर्ने, धम्क्याउनेलगायत कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ । स्रोतःइमेज च्यानल

प्रतिकृया दिनुहोस
SITENAME

आज महानवमी, देशभर मनार्इंदै

आज महानवमी, देशभर मनार्इंदै  कात्तिक १ गते ।   आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन

SITENAME

महानवमी पर्व हर्षोल्लासपूर्वक मनाईदै, कोत तथा शक्तिपीठहरुमा विशेष पूजा

महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या असोज २८ गते । बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका-३ नयका टोल निवासी धनेश्वर राय