ताजा खबर

फिफा वर्ल्ड कपका यी कीर्तिमान, जो यसपटक तोडिन सक्छन्

RadioTaplajung

 

विश्वका फुटबल प्रेमीहरु यस पटक विश्वकप कसले जित्ला भनेर लेखाजोखा गर्न थालिसकेका छन् भने कयौंले आफ्नो रोजाईको टिमप्रति समर्थन जनाउन थालेका छन् ।

विश्वकप फुटबलमा केही यस्ता कीर्तिमान छन् जो यस पटक तोडिन सक्छन् । कीर्तिमान तोडिनमा केही संयोग आवश्यक हुन्छ, जो पुरा नहुन पनि सक्छ । तर संयोग त्यस्तै परेमा भने केही कीर्तिमान यसरी तोडिन सक्छ ।

सर्वाधिक उमेरमा विश्वकप खेल्ने कीर्तिमान

विश्वकप फुटबल सबैभन्दा बढी उमेरमा खेल्ने खेलाडीका रुपमा कोलम्बियाका फरीद मोन्द्रागनको नाममा कीर्तिमान छ । उनले ४३ वर्ष ४ दिनको उमेरमा जापानविरुद्ध विश्वकप खेलेका थिए । यो कीर्तिमान यस पटक तोडिन सक्छ । किनकि इजिप्टका गोलकिपर एसम अल हैदरीको उमेर ४५ वर्षभन्दा माथि छ । उनी मैदानमा उत्रिनासाथ सर्वाधिक उमेरमा विश्वकप खेल्ने खेलाडीका रुपमा आफ्नो नाममा कीर्तिमान बनाउने छन् । तर उनी मैदानमा उत्रिन पाएनन् वा टिमको पहिलो रोजाईको गोलकिपरमा उनी परेनन् भने उनी यो कीर्तिमानबाट वञ्चित हुनेछन् ।

लामो अन्तरालमा विश्वविजेता

लामो अन्तरालमा विश्वकप जित्ने कीर्तिमान इटालीको नाम छ । यस वर्ष विश्वकपमा इटाली छैन । उसले पहिलोपटक सन् १९३८ मा विश्वकप जितेको थियो भने ४४ वर्षपछि दोस्रो पटक विश्वविजेता बनेको थियो । यस पटक उरुग्वे वा इंग्ल्याण्डले विश्वकप जितेमा इटालीको सो कीर्तिमान तोडिने छ । उरुग्वेले सन् १९५० यता विश्वकप जित्न सकेको छैन । इंग्ल्याण्डले सन् १९६६ यता विश्वकप जित्न सकेको छैन ।

लगातार चौथो स्थान

विश्वकपमा सबैभन्दा धेरै पटक चौथो स्थानमा रहने राष्ट्रका रुपमा उरुग्वेले कीर्तिमान बनाएको छ । उरुग्वे तीन पटक विश्वकपमा चौथो स्थानमा रहेको छ । सन् १९५४, १९७० र २०१० मा उरुग्वे चौथो स्थानमा रह्यो ।पाँच पटक विश्वकप जितेको ब्राजिल दुई पटक चौथो स्थानमा रहेको छ । ब्राजिल सन् १९७४ र २०१४ मा चौथो स्थानमा रह्यो । यस पटक ब्राजिल चौथो स्थानमा सीमित भएमा उसले उरुग्वेसँग चौथो स्थानका लागि बराबरी गर्नेछ भने लगातार दुई पटक चौथो स्थानमा रहेको कीर्तिमान कायम गर्नेछ । यद्यपि ब्राजिललाई यस पटक विश्वकपको दाबेदारका रुपमा हेरिएको छ । सौजन्यःइमेज च्यानल

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा