ताजा खबर

बजेट अभावले पाथीभरा सडक अलपत्र

RadioTaplajung


जेष्ठ २७, २०७५आनन्द गौतम/ताप्लेजुङ — जिल्लाको पाथीभरा जाने सडक अलपत्र परेको छ । सरकारले घोषणा गरेको रकम नआएपछि निर्माण कार्य अघि बढ्न नसकेको हो । केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पाथीभरा भ्रमणको क्रममा सुकेटारदेखि भालुगौंडेसम्मको ११ किलोमिटर सडक स्तरोन्नतिका लागि १० करोड दिने घोषणा गरेका थिए ।

घोषणापछि उत्तर(दक्षिण लोकमार्ग आयोजनाले टेन्डर खुलायो र ६ करोडमा टेण्डर पर्‍यो। तर, त्यही छ करोड पनि नआएपछि अहिले काम ठप्प छ। ओलीले भने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफूले दिएको रकमको व्याख्या गर्दै कम बजेटमा ठेक्का हालेको भन्दै कटाक्ष गरेका थिए।

निर्माणको क्रममा दुई करोडको काम गरिसकेका ठेकदारले मजदुर, मेसिन, पेट्रोलको भुक्तानी दिन नसकेपछि काम छोडेका छन्। कार्यालयका अनुसार ६ करोडमध्ये अहिलेसम्म ९० लाख रुपैयाँ मात्रै आएको छ। विभागसँग मागेर निर्माण प्रक्रिया बढाउने प्रयास भने भइरहेको आयोजना प्रमुख कुवेर नेपाली बताउँछन्।

अब चार करोड रुपैयाँ आए सुकेटारदेखि दुई किलोमिटर कालोपत्रे र बाँकी सडक स्तरोन्नति गर्न सकिने आयोजनाले बताएको छ। तर, प्रधानमन्त्रीले बोलेको रकम आउँछ आउँदैन निश्चय छैन। वार्षिक दुई लाख बढी तीर्थयात्री भित्रिने ताप्लेजुङमा सडकको दुरावस्थाले हैरानी थपेको छ। स्थानीय भन्छन्, ‘कि नबोल्नु, बोले कार्यान्वयन गर्नु।’ तर कार्यान्वयन हुनेरनहुने भन्ने द्विविधा छ।(फोटोः गुगल बाट )स्रोतः कान्तिपुर

 

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक