ताजा खबर

४६ जना कञ्चनजंघा चुचुरोमा ३६ जना एकै कम्पनीबाट

RadioTaplajung


जेष्ठ २७, २०७५आनन्द गौतम/ताप्लेजुङ — विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा ९८,५८६ मिटर० मा यसवर्ष ४६ जनाले सफल आरोहण गरेका छन् । २० जना विदेशी र २६ नेपालीले आरोहण गरेका हुन् ।अनुमति लिएर गएकामध्ये २४ विदेशीले शिखर चुम्न सकेनन् । उनीहरू अधिकांश चौथो क्याम्पभन्दा माथि पुगेर फर्किए ।
ताप्लेजुङको कञ्चनजंघा हिमाल आरोहण प्रयास गरिरहेका आरोही ।

यो वर्ष पाँचवटा कम्पनी आरोही लिएर गएका थिए । पर्यटन मन्त्रालयका अनुसार एक्सपिडिसन बेस प्रालि, सेभेन समिट, एसियन ट्रेकिङ, एसियन ट्रेकिङ २ र एड्भेञ्चर जियो ट्रेकले आरोहण गराएका थिए ।

सबैभन्दा बढी भारतीय नागरिकले आरोहण गरेको कम्पनीहरूले जनाए । यस वर्षको पहिलो आरोहण जेठ २ गते पाँचजनाले गरेका थिए । एक्सपिडिसन बेसका निर्देशक लाक्पा शेर्पा, सोलुखुम्बुका पेम्बा ग्याल्जेन शेर्पा, अस्ट्रेलियाका क्रिश्चियन प्याट्रिसियन बुक, सेभेन समिट ग्रुपबाट रसियाका सेर्गे र जर्मनका थर्वोले सिजनको पहिलो आरोहण गरेका थिए ।

सबैभन्दा बढी आरोहण एसियन ट्रेक प्रालिले गराएको छ । यो कम्पनीबाट नेपालीसहित ३६ जनाले आरोहण गरेका हुन् । कम्पनीका निर्देशक आङछिरिङ शेर्पा स्वयंले पनि आरोहण गरेको प्रबन्धक सञ्जय बरालले बताए । उनका अनुसार एसियनबाट भारतका निर्मल कुमार, पंकज जोशी, मोन्टिराज खोवा, पल्डेस कलाम र गौरभ काडिनले जेठ ६ गते आरोहण गरेका थिए ।

भारतकै सेरल, आकाश वाभरिया, योगेन्द्र गार्बियल, राहुल जर्नगल, सुरेन्द्र प्रसाद, अर्जुन भाजपाइ, हसेदकमला क्यारियो, ग्रीसका एण्डोनिस साइक्रिम, फोटिम थियोरिम र इटालीका अलेसएन्ड्रोइड इमिलियाले जेठ २१ गते आरोहण गरेका थिए । उनीहरूलाई लिएर गएका दावा स्टेभेन शेर्पा, पेम्बातेसरिङ शेर्पा, सोनाम तेसरिङ, पासाङ, एङतेन्दी, पेम्बानुरु, लाक्पा, पासाङ, पेम्बातेसरिङ र पेम्बाछिरिङ शेर्पाले पनि आरोहण गरे ।

दाजाङवु, लाक्पा, पासाङतेसरिङ, लाक्पातेन्जी, नुपु, पासाङ, लाक्पा, आङदाजु, दावा लामा, निमादावा र गलुक शेर्पाले पनि आरोहण गरेको बरालले जानकारी दिए ।

अधिकांश आरोहीले जेठ ६ गते आइतबार बिहान ८स्१५ देखि ९स्३० सम्म र ७ गते सोमबार बिहान ३स्४५ बजेभित्र शिखर चुमेका थिए । हावा नचल्ने र हिमपहिरो नझर्ने समय पारेर आरोहण गर्नुपर्ने भएकाले यो समय रोजिएको हो । यस वर्षको आरोहण बिनाक्षति ठूलो उपलब्धि भएको एसियन ट्रेकिङका आरोही दावा शेर्पाले बताएका छन् ।

सन् २०१४ यता कञ्चनजंघाको आरोहण हुनसकेको थिएन । २०१२ र ०१३ मा आरोहण गरेर फर्कने क्रममा आठजनाको मृत्यु भएपछि त्यसपछिका दुई वर्ष कसैले हिम्मत गर्न सकेनन् । सन् २०१६ मा गएका १४ जनाको टोली आरोहण गर्न नसकी फर्किएको थियो । उनीहरू चुचुराको तीन सय मिटर तलबाट फर्किएका थिए । यस वर्षको आरोहण पूर्वी मोहडाबाट भएको थियो ।स्रोतःई–कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले