ताजा खबर

ब्राजिलका पूर्वफुटबलर पेले भन्छन:– ब्राजिलले विश्वकप जित्ने विश्वास छैन

RadioTaplajung

ब्राजिलका पूर्वफुटबलर पेले भन्छन:– ब्राजिलले विश्वकप जित्ने विश्वास छैन
जेठ २५ गते । विश्वकप फुटबल प्रतियोगिता पाँच पटक जितिसकेको ब्राजिल छैठौंपटक उपाधि हासिल गर्ने योजनामा छ ।


ब्राजिललाई यस पटक उपाधिको प्रवल दावेदार पनि मानिएको छ । तर, ब्राजिलकै सर्वकालिन महान फुटबलर पेले भने ब्राजिलले विश्वकप जित्नेमा विश्वस्त छैनन् ।

विश्वकपको तयारी जोडतोडले भइरहँदा पेले ब्राजिलको टिममा सन्तुलन नभएको बताउँछन् । संचारकर्मीसँग उनले भने, ‘टिमका सदस्य खेलाडीहरु उत्कृष्ट छन् तर टिम भने च्याम्पियन बन्नका लागि आवश्यक सन्तुलित देखिएको छैन ।’

ब्राजिलले तीन पटक विश्वकप विश्वकप हासिल गर्दा टिम सदस्यका रुपमा रहेका पेलेले हाल ब्राजिलियन टिमबारे टिप्पणी गर्दै भने, ‘विश्वकप जित्नका लागि सन्तुलित टिम चाहिन्छ, नेयमार एक्लैले विश्वकप जिताउन सक्दैनन् ।’ नेयमार सर्वश्रेष्ठ खेलाडीमध्ये एक रहेको जिकिर गर्दै उनले भने, ‘उनी परिपक्व र अनुभवी छन्, व्यक्तिगत रुपमा अरु खेलाडी पनि राम्रा छन् तर समग्रमा टिम राम्रो छैन ।’

प्रशिक्षक टिटेमाथि भरोसा व्यक्त गर्दै पेलेले भने, ‘मलाई उनीप्रति भरोसा छ ।’ केही खेलाडी पछिल्लो समय चोटग्रस्त भएका कारण पनि टिममा समस्या देखिएको पेलेको भनाइ छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा