ताजा खबर

रजनीकान्तमाथि मानहानीको आरोप, जरिवानास्वरुप एक अर्ब एक करोड माग

SITENAME


रजनीकान्तमाथि मानहानीको आरोप, जरिवानास्वरुप एक अर्ब एक करोड माग
जेठ २३ गते । दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार रजनीकान्त फिल्म ‘काला’ का कारण कानूनी झमेलामा परेका छन् ।  

मुम्बईका जवाहर नाडर नामका एक पत्रकारले ‘काला’ मार्फत रजनीकान्तले मानहानी गरेको आरोप लगाएका छन् । पत्रकारका अनुसार यो फिल्म उनका पिता थिरावियम नाडरको जीवनमा आधारित छ । तसर्थ त्यसको जरिवानास्वरुप फिल्म १०१ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

फिल्म ‘काला’ मा रजनीकान्तले जुन पात्रको भूमिका निर्वाह गरेका छन् उक्त पात्र आफ्ना पिताको वास्तविक जीवन रहेको पत्रकार नाडरले दावी गरेका छन् । साथै फिल्ममा आफ्ना पिताको जीवनीलाई गलत तरिकाले प्रस्तुत गरिन लागिएको आरोप पनि लगाएका छन् ।

नाडरले उनका वकिलका माध्यमबाट मानहानीको आरोप लगाएका छन् । उनले ‘काला’ फिल्मको निर्माण पक्षलाई लिखित रुपमा माफी माग्न र जरिवाना स्वरुप १०१ करोड क्षतिपूर्तिको माग गरेका छन् ।

रजनीकान्तको फिल्म ‘काला’ उनका ज्वाईँ धनुषले निर्माण गरेका हुन् । यस फिल्ममा हुमा कुरेशी र नाना पाटेकरको भूमिका पनि प्रमूख रहेको छ । फिल्ममा तामिलनाडुबाट भागेर मूम्बई आएको एक जना युवक जो पछि मुम्बईको शक्तिशाली डन बन्छ । उक्त डनको भूमिकामा रजनीकान्त छन् भने  भने नाना पाटेकर एक नेताको भूमिकामा छन् । अभिनेत्री हुमा कुरेशी रजनीकान्तको जोडीको रुपमा ४५ वर्षीया महिलाको भूमिकामा छिन् ।
स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

इन्गेजमेन्टपछि वर्षा र संजोग बने ‘सन्सा’

माघ २९ गते । गएको ७ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । परिवारको

SITENAME

कंगनाले आलियालाई करण जोहरकी कठपुतली भनेपछि....

माघ २८ गते । कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् । उनको मनमा जे चलिरहेको छ त्यहीकुरा उनी कसैको पर्वाह नगरेरै

SITENAME

पाँचथरकी दीपाको ‘दुख्ने मुटु’ 

  रेडियो ताप्लेजुङ माघ २५ । गायिका दीपा सुहाङ लिम्बुको ‘दुख्ने मुटु’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दीपा पाँचथर घर भई