ताजा खबर

तुम्बेवामा शैक्षिक गुणस्तर सुधार्न तिन दिने बृहत छलफल,अन्र्तक्रिया कार्यक्रम सम्पन्न,नियमित विद्यालय नआउने विद्यार्थी र अभिभावक भेलामा उपस्थित नहुने अभिभावकहरुलाई सरकारी सेवा सुविधा बाट वन्चित गरिने

पाँचथर,जेठ २१/शैक्षिक जागरण अभियान सम्वन्धमा पाँचथरको तुम्बेवा गाउँपालिले पालिका स्तरमा भएका शिक्षकहरु सित तिनदिने बृहत्त छलफल तथा अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न गरेको छ ।

गत शनिबार बाट शुरु भएको कार्यक्रम आज शैक्षिक क्षेत्रको गुणस्तर उकास्न २० बुदे घोषणा पत्र जारी गर्दे कार्यक्रम सकिएको तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापाले बताउनुभयो ।

अव सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीहरु नियमित विद्यालय आउनुपर्ने,विद्यालयले आयोजना गर्ने अभिभावक भेलामा अभिभावकहरु उपस्थित नभए गाउँपालिका बाट पाउने सेवा सुविधा बाट वन्चित गरिने निर्णय भएको उहाँले बताउनुभयो । अव आगामी वर्ष सम्ममा विद्यालयमा दरवन्दी नभए ठाउँमा दरवन्दी थप्ने वा मिलान गर्ने,कमजोर शिक्षकहरुलाई सुध्रर्ने अवसर दिने,उत्कृष्ट शिक्षण गर्ने शिक्षकलाई पुरस्कृत गरिने उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष होमनाथ थापा,उपाध्यक्ष धनशेर साँवा,प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहाल,इन्द्रेणी माविका प्रअ युद्धनारायण थापा लगायतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।पालिकाका ४० वटा विद्यालयका २ सय ६५ शिक्षकहरु कार्यक्रममा सहभागि थिए ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले