ताजा खबर

योगेशको गुनासो "ठेकदार पछ्याउदा जुत्ता फाट्छ "

SITENAME


जेष्ठ १९, २०७५आनन्द गौतम/ताप्लेजुङ — ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य योगेश भट्टराईले ठेकदारका पछि लाग्दा जुत्ता फाटेको गुनासो गरेका छन् ।
ताप्लेजुङ भ्रमणमा आएका गृहमन्त्री रामबहादुर थापालाई निर्माणको काममा अझ कठोर भएर लाग्न प्रोत्साहित गर्दै भट्टराईले भने, ‘ठेकदारका पछि लाग्दा जुत्ता फाट्छ, पैसा लगिसक्छन् नत सम्पर्कमा आउछन् नत टेलिफोननै उठाउँछन् ।’

१० करोडको लागतमा सात वर्ष अघि बनिसक्नुपर्ने दोभानको तमोर नदीमाथिको पुलका बिषयमा भट्टराईले गुनासो गरेका थिए । उनले वार्षिक अढाई लाख पर्यटक आउने पाथीभरा क्षेत्रको सडकको बिषयमापनि यस्तै समस्या रहेको सुनाए । भट्टराईले नेपालमै ४० प्रतिशत बढी अलैचीं उत्पादन हुने जिल्लामा अलैचींको सुपरजोन हुनुपर्नेमा जोनमात्रै बनाइएकोमा असन्तुष्टि ब्यक्त गरे ।

भौगोलिक हिसाबले तेस्रो ठूलो जिल्ला ताप्लेजुङको उन्नति ओलाङचुङगोला नाका खुलेपछि मात्रै हुने भएकाले यसमा ध्यानदिन भट्टराईले गृहमन्त्रीको ध्यान आकर्षण गराए । २ सय ५१ किलोमिटरमा नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङदेखि प्रदेश १ को राजधानी विराटनगर जोडिने भएकाले यसलाई बिशेष प्राथमिकतामा राखिनुपर्ने भट्टराईको जोड थियो ।

शनिबार नेपाल–चीनको सीमा अवलोकन गर्ने र ओलाङचुङगोलामा स्थानीयसँग छलफल गर्ने कार्यक्रम भएपनि खराब मौषमका कारण थापा नेतृत्वको टोली सिधै संखुवासभा गएको छ । थापा संखुवासभाको किमाथांका सडक अवलोकन र अरुण तेश्रो जलविद्युत आयोजनाको अवलोकन गरेर संखुवासभाको खाँदवारी गएको उनीसँगै रहेका मिङमाडण्डु शेर्पाले बताए । स्रोत : ई कान्तिपुर ।

प्रतिकृया दिनुहोस
SITENAME

कम्युनिस्ट एकताले चुनौती थपियो:देउवा

कम्युनिस्ट एकताले चुनौती थपियो:देउवा असार ९ गते । कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट एकताले चुनौती थपिएको भन्दै पार्टीभित्र एकताको खाँचो

SITENAME

सर्वोच्च अदालतलाई टेर्दैन सरकार

सर्वोच्च अदालतलाई टेर्दैन सरकार ०६ असार गते ।  सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते ‘थापाथली प्रसूतिगृह छेउको पाञ्चायनघाटदेखि बागमती किनारामा कानुन

SITENAME

बजेटको विरोध नगर्न प्रधानमन्त्रिको निर्देशन

२ असार, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बजेटको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका