ताजा खबर

भारतमा ‘निपा’ भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

RadioTaplajung

भारतमा ‘निपा’ भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो
जेठ १७ गते । भारतको दक्षिणी राज्य केरलामा ‘निपा’ नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ ।

यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको बुधबार मृत्यु भएपछि सो संख्या १६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

केरलाको कोझिकोडे मेडिकल कलेजमा ५६ वर्षीय एक पुरुष र २८ वर्षीया एक महिलाको बुधबार राति मृत्यु भएपछि सो संख्या १६ पुगेको बताइएको हो ।

‘केरलाको कोझिकोडे र मलापुरम जिल्लामा सुरु भएको यस भाइरसको प्रकोपबाट १६ व्यक्तिको मृत्यु भएको छ’–यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।

साथै, यस निपा भाइरसबाट ९४ जना प्रभावित भएका र अझैपनि १७ जना उपचारकाक्रममा अस्पतालमा रहेका सो राज्यका स्वास्थ्यमन्त्री के के शैलाजाले बताएकी छन् ।

भारतमा निपा भाइरसको प्रकोप फैलिएको यो तेस्रोपटक हो । यसअघि, सन् २००१ मा र २००७ मा पनि भारतमा निपा भाइरसको प्रकोप फैलिएको थियो ।

त्यसबेला बंगलादेशको सीमा क्षेत्रमा पर्ने पश्चिम बंगलामा निपा भाइरसका कारण ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

यो भाइरसको प्रकोप सबैभन्दा पहिला सन् १९९९ मा मलेसियाबाट सुरु भएको थियो । स्वास्थ्य क्षेत्रका अधिकारीहरुकाअनुसार यस भाइरसको खोप बनेको छैन ।

यो भाइरसको संक्रमणले कडा मात्रामा ज्वरो आउने र श्वास–प्रश्वासमा असर गर्ने गर्दछ ।

यसको संक्रमण भएपछि सघन उपचारकक्षमा राखेर श्वास(प्रश्वासमा सघाउ पुर्‍याउनेगरी उपचार विधि सुरु गर्नुपर्छ । रासस,सिन्ह्वा र इमेज च्यानल

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल