ताजा खबर

बिमिस्टेकको शिखर सम्मेलन काठमाडौंमा

RadioTaplajung

बिमिस्टेकको शिखर सम्मेलन काठमाडौंमा
जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो छिटो नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाको प्रयास ९बिमिस्टेक०को शिखर सम्मेलन काठमाडौंमा गर्ने बताएका छन् । निर्वाचनको कारणले केही ढिलो भएपनि अब नेपाल स्थायीत्व र विकासमा उन्मुख रहेको भन्दै समयमा बिमिस्टेक सम्मेलन गर्ने बताए ।
यस प्रकारको क्षेत्रीयस्तरको संगठनलाई विकास र समृद्धिको माध्यम बनाएर अघि बढ्न पर्ने भन्दै उनले यसमा जोड दिएका हुन् ।

नेपाल भ्रमणमा रहेका बिमिस्टेकका महासचिब सहिदुल इस्लामले भेट दिँदै प्रधानमन्त्रीले त्यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले बिमिस्टेकका विगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताए । ‘बिमिस्टेक सञ्चालनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु उपयुक्त हुनेछ,’ प्रधानमन्त्री ओलीले भने,‘हामी सम्मेलनको लागि तयारी गर्दैछौं । छिटो सम्मेलन पनि गर्नेछौं ।’
आगामी सम्मेलनबाट यस क्षेत्रका जनताका लागि प्रभावकारी हुने किसिमका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । नेपाल विगत चार वर्षदेखि बिमिस्टेकको अध्यक्षता गरिरहेको छ । डेढ अर्बभन्दा बढी जनसंख्या समेट्ने यो संगठन सन् १९९७ मा स्थापना भएको हो । यसमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । यसको पहिलो सम्मेलन थाइल्याण्डमा सन २००४ मा भएको हो भने दोस्रो भारतमा सन २००८ मा भएको थियो । त्यसपछि तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन २०१४ मा म्यानमारमा भएदेखि नेपाल यसको अध्यक्ष छ ।

त्यसपछि नेपालले शिखर सम्मेलन चार वर्ष भित्र गर्ने भनेको थियो । मार्चमा चार वर्ष पुगेर पनि यहाँसम्म आइसकेको छ । नेपालले निर्वाचनको कारण केही ढिला भएपनि यो वर्ष शिखर सम्मेलन गर्ने बताउँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न नेपाल भ्रमणका उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को शिखर सम्मेलनको विषयमा कुरा हुँदा अहिले बिमस्टेक सम्मेलन खाँचो रहेको बताएको थिए । पछिल्लो समय भारतले बिमिस्टेकका लागि दबाब बढाउँदै गएपछि यसको शिखर सम्मेलनबारे छलफल गर्न बिमिस्टेकका महासचिव शाहिदुल इस्लाम अहिले काठमाडौंमा भेटघाटमा छन् । उनले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । उक्त छलफलमा पनि उनले शिखर सम्मेलन लगायत यसको सुधारको बारेमा छलफल गरेको बताइएको छ ।

माइनस पाकिस्तान भन्ने नामले कूटनीतिक वृत्तमा परिचित यो संगठनलाई जिवन्त पार्न भारतले सन् २०१६ मा गोआमा सम्पन्न ब्रिक्स सम्मेलनमा पर्यवेक्षक पाहुना बनाएर बोलाएको थियो । रिट्रिटमा भएको त्यो छलफलले पनि सार्क भन्दा बिमिस्टेकलाई भारतले जोड दिएको बुझ्न सकिन्थ्यो । भारतले लगातार सार्कमा भन्दा बिमिस्टेकमा जोड दिएको कारण पनि यस क्षेत्रमा प्रभाव राख्दै आएको मुलुक भारत बिमिस्टेकमा लागेको बुझ्न सकिन्थ्यो । सायद यही देखेर होला प्रधानमन्त्री ओलीले बिमिस्टेकको शिखर सम्मेलन र तयारीबारेमा छलफल अघि बढाएका छन् । परराष्ट्रमन्त्रालयले पनि बिमिस्टेक शिखर सम्मेलनको विषयमा छलफल भएको बताउँदै आएको छ । ‘हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्दछ । बिमिस्टेक यस प्रक्रियाप्रति प्रतिवद्ध छ,’ प्रधानमन्त्री ओलीले भन्दै यसलाई अघि बढाउन जोड दिएको उनको सचिवालयले जनायो ।

प्रधानमन्त्री ओलीले बंगालको खाडी वरीपरीका मुलुक भएकोले यस क्षेत्रमा पानी जहाज सञ्चालन गर्न पर्नेमा जोड दिए । पानी जहाजको माध्यमबाट बिमिस्टेकका सदस्य राष्ट्रहरु एकआपसमा जोडिन थप सहज हुने विषयलाई अघि बढाउन महासचिवालाई सुझाएका छन् ।

प्रधानमन्त्री ओली यतिबेला बिमिस्टेकका अध्यक्ष समेत हुन् । परराष्ट्रअधिकारीका अनुसार नेपालले बिमिस्टेकलाई भन्दा सार्कलाई नै बढि जोड दिनुपर्ने हुन्छ । सार्कको सचिवालय काठमाडौंम छ भने दक्षिण एसियाली मुलुकलाई कनेक्ट पनि सार्कले नै गरेको हुनाले बिमिस्टेक सार्कको शैलीको संगठन पनि होइन । सार्क भारत र पाकिस्तानको झगडाले ओझेलमा परेको भन्दै यसलाई आर्थिक माध्यमले जोडर सवल बनाउन पर्ने एकथरीको धारणा छ भने भारतले भने बिमिस्टेकलाई नै महत्व दिँदै आएको छ । स्रोतःई कान्तिपुर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्