ताजा खबर

सलाहले विश्वकप खेल्ने आशा बढ्यो

RadioTaplajung

सलाहले विश्वकप खेल्ने आशा बढ्यो

जेठ १७ । उत्कृष्ट प्रदर्शनका कारण विश्व फुटबलका प्रिय स्ट्राइकर बनेका इजिप्टका मोहम्मद सलाहले विश्वकप फुटबल खेल्ने सम्भावना बढेको छ ।

च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका सलाहले विश्वकप खेल्न नसक्ने खबर आइरहेका बेला इजिप्टको राष्ट्रिय फुटबल संघले सलाहले विश्वकप फुटबल खेल्न सक्ने विश्वास व्यक्त गरेको हो । इजिप्टको राष्ट्रिय फुटबल संघका अध्यक्ष र राष्ट्रिय टिमका डाक्टरले सलाहलाई स्पेनमा भेटेर आएपछि सलाह अबको ३ हप्तामा ठीक हुने बताएका हुन् ।

संघले भनेजस्तो भएमा सलाहले विश्वकपका केही खेल खेल्न सक्नेछन् । इजिप्टले विश्वकपको पहिलो खेल उरुग्वेसँग आगामी जुन १५ तारिखमा खेल्दैछ । त्यस्तै, इजिप्टले आफ्नो दोश्रो खेल आयोजक रुससँग मे १९ तारिखमा र साउदी अरेबीयासँग जुन २५ तारिखमा खेल्नेछ ।

सलाहकै प्रदर्शनमा इजिप्ट विश्वकपका लागि छनोट भएको हो । इजिप्ट २८ वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको हो ।  सलाहले खेल्न नसक्ने खबर आएदेखि विश्वभरिका उनका प्रशंसक र इजिप्टका नागरिक दुखी भएका बेला उनी फिट हुने खबरले खुशीको सञ्चार गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा