ताजा खबर

फ्राइडे सिनेमा:‘तिमी सँग’ र ‘ब्ल्याक मेल’ प्रदर्शनमा

फ्राइडे सिनेमा:‘तिमी सँग’ र ‘ब्ल्याक मेल’ प्रदर्शनमा
 चैत २३ । यो साता घरेलु चलचित्र ‘तिमी सँग’ र बलिउड चलचित्र ‘ब्ल्याक मेल’ एकसाथ प्रदर्शनमा आएका छन् ।

शिशिर राणा निर्मित तथा निर्देशित घरेलु चलचित्र ‘तिमी सँग’मा लोकप्रिय नायिका साम्राज्ञीसँगै अभिनेता नाजिर हुसेन र आकास श्रेष्ठको मुख्य भूमिका रहेको छ । यो प्रेमकथामा आधारित चलचित्र हो । चलचित्रमा साम्राज्ञीले नाजिर र आकाशसँग रोमान्स गरेकी छिन् ।

चलचित्रको कथा शिशिरसँगै समुन्द्र उप्रेती, साकार ओझा र सुशील छेत्रीले तयार पारेका हुन् । प्रमोद कार्कीले छायाँकन गरेको यो चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रमा राहुल मुखर्जि, दिपक पाठक र रिदम कँडेलको सँगीत रहेको छ ।

यसै साता बलिउड चलचित्र ‘ब्ल्याक मेल’ पनि प्रदर्शनमा आएको छ । यस चलचित्रमा बलिउड अभिनेता इर्फान खान र अभिनेत्री कृती कुल्हारी मुख्य भूमिकामा देखिएका छन् । भने दिव्या दुत्ता, अरुनोदय सिंह, ओमी विद्यालगायतका कलाकारको पनि उत्तिकै भूमिका छ । स्रोतः उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण