ताजा खबर

राष्ट्रकविलाई थप उपचारका लागि आज भारत लगिँदै

RadioTaplajung

जेठ ९ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिँदै छ । बेलुकी ५ बजे भारत प्रस्थान गर्ने तयारी भएको उहाँकी बुहारी विजेता घिमिरेले जानकारी दिनुभयो । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको मेदान्त अस्पताल लैजान लागिएको हो । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि डाक्टरको सल्लाहमा उहाँलाई थप उपचारका लागि भारत लैजान लागिएको हो । गएको वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना हुनुभएको हो । उहाँको उपचारमा संलग्न डाक्टर विवेक शर्माले सानो आन्द्राबाट रगत बगिरहेको तर त्यो ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारका लागि भारत लैजान सुझाव दिएको बताउनुभयो । उहाँका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालमा छैन । घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लैजाने र घर फर्काउने क्रम चलिरहेको छ । स्रोत उज्यालो

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण