ताजा खबर

सभापतिमा देउवासँगको प्रतिस्पर्धामा मै हुन्छु:कांग्रेस महामन्त्री कोइराला

RadioTaplajung

चैत्र २३ । गते चुनावमा पार्टीको हारपछि नेपाली कांग्रेसभित्र अहिले सभापति शेरबहादुर देउवाविरुद्ध खनिने र उनको प्रतिरक्षा गर्नेहरुको जमात नै बनेको छ । तर, महामन्त्री शशांक कोइराला भने मौन छन् । उनी पार्टी हार्नुको कारण एउटा मात्रै नभएको बताउँछन् ।
ुपार्टी हार्नुमा एउटै कारण छैन । टिकट वितरण, आन्तरिक घात प्रतिघात र वाम गठबन्धन मुख्य कारण हुन् । शेरबहादुरजीले पार्टीलाई जुन रूपमा हाँक्नुपर्ने थियो, त्यो पनि सक्नुभएन ।ु कोइरालासँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।

निर्वाचनको हारपछि कांग्रेस कसरी अघि बढ्छ ?

कांग्रेसको केन्द्रीय कार्यसमितिमा साथीहरूले आआफ्ना कुराहरू राखिराख्नुभएको छ। त्यहाँभित्र गुटबन्दीका कुराहरू छन्। तर, म गुटबन्दीभन्दा माथि उठ्नुपर्छ भन्ने ठान्छु। अहिले हामी प्रतिपक्षमा पुगेका छौं। प्रतिपक्षको भूमिका राम्रो बनाउन पनि पार्टीलाई संगठित भएर अघि बढाउनुपर्ने आवश्यकता छ। संगठित भयौं भने मात्रै हामी बलियो हुन्छौं। त्यसका लागि हामी गुटरउपगुटबाट माथि उठेर काम गर्नुपर्ने हुन्छ।

त्यसका लागि तत्कालको रोडम्याप के ?

सबभन्दा पहिला हामीले विधानमा परिवर्तन गर्नुपर्छ। संघीय संरचनाअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्नुपर्छ। अबको एक महिनाभित्र हामी महासमिति बैठक गर्छौं। त्यतिबेला विधान संशोधन हुन्छ। अहिले विधान संशोधनका लागि मस्यौदा समिति बनाएर काम अघि बढाउनेबारे कुराकानी भइरहेको छ।

निर्वाचनमा पार्टीले पराजय भोग्नुमा धेरैका धेरै थरी विचार आए। खासगरी सभापतिको आलोचना गर्ने र आलोचनाबाट बचाउने काममा केन्द्रीय कार्यसमितिको बैठक ध्रुवीकृत छ। यसबीचमा तपाईं कहाँ हुनुहुन्छ ?

पार्टी हार्नुमा एउटै कारण छैन। विभिन्न कारण छन्। टिकट वितरण, आन्तरिक घात प्रतिघात र वाम गठबन्धन मुख्य कारण हुन्। निर्वाचनमा जसरी जानुपर्‍थ्यो, जान नसकेको साँचो हो। हाम्रो कुनै रणनीति भएन। लोकतान्त्रिक शक्ति एकै ठाउँमा उभिने त भन्यौं तर त्यो पनि सम्भव भएन। शेरबहादुरजीले पार्टीलाई जुन रूपमा हाँक्नुपर्ने थियो, त्यो पनि सक्नुभएन। समयमै केन्द्रीय समितिमा पूर्णता, पदाधिकारी मनोनयन, विभागहरू गठन गर्नुपर्‍थ्यो। देउवाजीले गर्न सक्नुभएन। सरकारको नेतृत्वमा छँदा पनि राम्रो काम भएन। राजदूत नियुक्ति, आईजीपी प्रकरण, महाअभियोग दर्ता जस्ता अलोकप्रिय निर्णयले हामीलाई कमजोर बनाउने काम गर्‍यो। निर्वाचन हार्नुमा यी सबै कारण जोडिएका छन्।

महामन्त्रीको हैसियतमा तपाईंले सभापतिलाई पदाधिकारी मनोनयनदेखि विभाग गठन गर्नका लागि कहिल्यै भन्नुभएन भन्ने छ नि ?

धेरैपटक भनें। विभाग गठन भएपछि नै पार्टी संगठित हुने हो। अहिले त संगठन विभाग पनि छैन, नीति निर्माण बनाउने विभाग खाली छ। विदेश विभाग हेर्ने निकाय छैन। जनसम्पर्क समिति हेर्न पनि छैन। ४२ विभाग गठन नै नभई निर्वाचनमा गयौं। तर पनि यसमा शेरबहादुरजीलाई मात्रै दोष दिएर हुँदैन भन्ने मेरो धारणा हो। हामी पनि यी दोषका भागीदार हौं। शेरबहादुरजीलाई मात्रै आक्रमण गरेर पार्टी कहाँ पुग्छरु त्यसैले अहिले हामीले सबैले पार्टीलाई गुटरउपगुटभन्दा माथि उठाउने र संगठन बनाउने काममा ध्यान दिनुपर्छ।

निर्वाचनमा पार्टीको पराजय भएपछि नेतृत्व परिवर्तनसम्मको कुरा उठेको छ। तपाईंको समूहका नेताहरूले नेतृत्व परिवर्तनसम्मको विषय उठाउनुभएको छ। तपाईं के भन्नुहुन्छ ?

अहिले नेतृत्व परिवर्तन होइन, पार्टीलाई मिलाएर कसरी अघि बढ्ने भन्ने मुख्य चिन्ता हो। १४ औं अधिवेशनबाट नयाँ नेतृत्व आइहाल्छ। अहिले नै नेतृत्वलाई निकालेर केही हुन्न। फेरि पार्टी हार्नुमा शेरबहादुरजीको मात्रै कमजोरी छ भन्ने होइन। हाम्रो पनि कमजोरी छ। त्यसैले पार्टीलाई उपगुटभन्दा माथि उठाएर १४ औं महाधिवेशनसम्म एकढिक्काको कांग्रेस बनाउनुपर्छ।

तपाईं त पछिल्लोपटक पार्टी सभापति देउवाकै कित्तामा उभिनुभयो भन्ने आलोचना तपाईंकै समूहबाट बारम्बार उठेको छ। त्यस्तै हो ?

सभापति देउवा मभन्दा वरिष्ठ नेता हो। त्यो हिसाबले भनिएको हो भने ठीकै हो। तर, उहाँले गरेको सबै गल्तीलाई मैले ढाकछोप गर्ने कुरा आउँदैन। उहाँले धेरै गल्ती गर्नु भइसकेको छ। महामन्त्री भनेको पद सभापतिको सहयोगी पनि हो। त्यो भूमिकालाई मैले बुझेको छु। तर, गल्तीको नाममा म कसैको पिछलग्गु हुने कुरा हुन्न। सभापति देउवाले गल्ती गरिसक्नुभएको छ। त्यसलाई सुधार गरेर जानुपर्छ। मैले गल्ती भएका कुरा भेटेरै भन्ने गरेको छु। सच्याउने ठाउँ हुँदाहुँदै आलोचना मात्रै गरेर पनि त पार्टी बलियो हुन्न।

निर्वाचनमा पार्टी पराजय भएपछि पनि तपाईं सभापतिका गल्तीहरूलाई ढाकछोप गरेर केही पनि नबोली बस्नुभएको भन्ने आरोप छ नि ?

नबोलेको होइन। भेटेरै भन्ने गर्छु, सार्वजनिक रूपमा मात्रै म नबोलेको हो। म पार्टीभित्रको गुटरउपगुट अन्त्य गर्न कसरी सकिन्छ भन्ने भूमिकामा छु। गुट अन्त्य गर्न सकियो भने धेरै समस्या हल गर्न सकिन्छ भन्ने पक्षमा छु। सामूहिक रूपमा सभापतिलाई तल पारेर महामन्त्रीको हैसियतले बोल्न पनि हुन्न। १४ औं महाधिवेशन कसरी अघि बढ्ने भन्नेबारे पछि मेरो आफ्नो विचार प्रस्ट नै हुनेछ।

तपाईंले संसदीय दलको नेतामा सर्वसम्मतका लागि पार्टी सभापति देउवासँग सहयोग माग्नुभएको थियो ?

हो, म नवलपरासी गएको थिएँ। फर्कनेबित्तिकै म सीधै शेरबहादुरजीकोमा गएँ। म जानासाथै शेरबहादुरजीले म दलको नेता उठ्न लागें, सहयोग गर्नुहोस् भन्नुभयो। मैले आफ्नो कुरा राख्नै पाइनँ। म मलाई नै सर्वसम्मत बनाउनुहोस् भन्न जाँदै थिएँ। तर, उहाँले पहिला सहयोग मागेपछि मैले के भन्नेरु तैपनि सर्वसम्मत गराएर जानुहोस् भनेर फर्कें।

तपार्इं १४ औं अधिवेशनमा देउवाको समर्थनमै पार्टी सभापतिको उम्मेदवार बन्ने चर्चा सुनिन्छ नि ?

यो गलत हो। मलाई लाग्छ, उहाँ आफैं फेरि पनि पार्टी सभापतिमा उठ्नु हुन्छ। मेरो आफ्नै परिचय छ। म कसैको पिछलग्गु हुँदिनँ। महामन्त्रीको हैसियतले सभापतिलाई मद्दत गर्ने मेरो दायित्व हो। त्यही भूमिकालाई लिएर भनिएको हो भने गलत हो। म पनि उहाँ ९देउवा० को विरुद्ध उत्रिएँ भने पार्टी ध्वस्त हुन्छ। त्यसैले नबोलेको मात्रै हो। महाधिवेशन नजिक आएपछि स्वतस् ध्रुवीकरण सुरु भइहाल्छ। त्यतिबेला देउवाजी र म नै सभापतिका लागि प्रतिस्पर्धी हुन सक्छौं।

देउवा उठ्नुभयो भने तपाईं सभापतिमा नउठेर उपसभापति हुने चर्चा पनि छ ?

होइन, त्यतिबेला म सभापतिमै उठ्छु। त्यसको तयारीमा म लागिरहेको छु। जिल्ला–जिल्ला घुमिरहेको छु। अहिल्यै शेरबहादुरजीका विरुद्ध ध्रुवीकरण गरेर मैले नेतृत्वका लागि अघि बढ्नु अपरिपक्व हुन्छ। १४ औं महाधिवेशन आउन अझै दुई वर्ष बाँकी छ। त्यतिबेलाको परिस्थितिअनुसार म अघि बढ्ने विचारमा छु। आम कार्यकर्ताको भावना र राय पनि मैले बुझ्नु छ। त्यसलाई बुझेर नै अघि बढ्नेछु।

कोइराला परिवारबाटै डा। शेखर कोइरालाले पनि सभापतिकै लागि तयारी गरेको बताइरहनुभएको छ। तपार्इं के भन्नुहुन्छ ?

हामी कोइराला परिवारमा समझदारी हुन्छ। दुइटा कोइराला एउटै पदमा उठदैनौं। हामी समझदारी गरेर नै अघि बढ्न सक्छौं। त्यसमा कुनै समस्या नै देख्दिनँ।  स्रोत इ कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

दुई महिनाअघि प्रधानमन्त्रीकहाँ अडियो पुर्‍याएको थिएँ : विजय मिश्र

फाल्गुन ९ गते । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमै पुगेर अडियो रेकर्ड गर्ने विजय मिश्र जापान बसेर नेपाल फर्केका हुन् ।

RadioTaplajung

न्यायाधीश नियुक्तिका आरोप पुरानै गीत हुन्

चैत २९ गते । आकांक्षी धेरै भएको ठाउँमा थोरै मान्छे मात्र न्यायाधीश सिफारिस हुँदा क्रियारप्रतिक्रिया आउनुलाई स्वाभाविक ठान्छन् कानुनमन्त्री

RadioTaplajung

वैकल्पिक शक्ति निर्माण भनेको पार्टी फुटाउनु हो ? के भन्छिन् रञ्जु दर्शना ?

पुस २९ गते । आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी  फुटेको छ ।  पार्टीका एक संयोजक उज्ज्वल  थापालगायतले  नयाँ दल दर्ताका लागि आज