ताजा खबर

के माओवादी विसर्जन भएको हो ?

RadioTaplajung

के माओवादी विसर्जन भएको हो ?
जेठ ९ गते । के २०७५ साल जेठ ३ गते माओवादी सकिएको दिन हो ? यो प्रश्न अहिले निकै चर्चामा छ । २०५१ मा जन्मिएको माओवादी पार्टी नेपाल कम्युनिस्ट पार्टीमा रुपान्तरण हुन २४ वर्ष लाग्यो । त्यसअघि के त्यो चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङको पार्टी थियो रु थिएन ।
नामचाहिँ माओको नामबाट राखिएको भए पनि त्यसका नेता नेपालीनै थिए। किन तरु बन्दुकको बलले गाउँदेखि सहर घेर्ने रणनीति माओकै थियो। त्यही नीति लिएकाले पूर्व एकता केन्द्रले माओवादी नाम राख्यो। युद्धकालमा माओको नाम गाँसिए पनि आफ्नो कुनै साइनो नभएको चीनले तत्कालीन राजा ज्ञानेन्द्रलाई भनेको थियो। महामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको पार्टीको नाम माओवादी, मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिवाद, माओवाद थियो। माओवादी २०६३ मा शान्ति प्रक्रियामा आइसकेपछि माओवादरविचारधारा भन्ने फुर्को पनि जोडिन पुग्यो।

माओको रणनीतिमा अंगालेर माओवादी १० वर्ष सशस्त्र युद्ध गर्‍यो। त्यसको अर्को १५ वर्षपछि अर्थात् २५ वर्षपछि माओवादीले माओवाद परित्याग गर्‍यो। माओवादी अध्यक्ष प्रचण्डले न्वारान गरेको माओवादलाई २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा रुपान्तरण गरिदिए। एमाले र माओवादीको एकताबाट नेकपाको जन्म भयो। नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठ थिए। एमाले र माओवादीका संस्थापक अध्यक्ष श्रेष्ठ नै हुन्।

२०२८ सालपछि बिभाजन भएका एमाले माओवादी ४७ वर्षपछि एउटै भए। यो बीचमा नेपालका कम्युनिस्ट पार्टी निकै टुटफुट भए, एक दर्जनभन्दा बढी चिरामा कम्युनिस्ट बिभाजन भए। तत्कालिन मालेले चालिसको दशकमा माओविचार धारा छाडेको पाइन्छ। माओवादीले भने २०७५ जेठ ३ गतेसम्म अंगालिरह्यो। मार्क्सवाद, लेनिवादको विकसित रुप माओवाद भएको तत्कालिन माओवादीको निश्कर्ष थियो। नेपालका कम्युनिस्ट पार्टीले मार्क्सवादलाई विज्ञानको रुपमा मान्दै आएका छन्। त्यसपछि हुने अरु वाद त्यसकै विकसित रुप भएको उनीहरुको बुझाइ छ। जस्तोस् एमालेले मार्क्सवादको विकसित रुप लेनिववाद मान्छ भने माओवादीले मार्क्सवाद, लेनिनवादको विकसित रुप माओवाद मान्छ। ठिक यतिबेला दुबै पार्टीको बुझाइ के हो भने माक्र्सवाद विज्ञानको रुपमा लेनिनवादमा रुपान्तरण भएको छ। त्यसलाई मार्गनिर्देशक सिद्धान्त मानेर समाजवादको बाटोमा जाने सहमति गरेका छन्। एमालेले मान्दै आएको माक्र्सवाद, लेनिनवाद ९माले० लाई दुबै दलले आगामी दिनको समाजवादी बाटो भनेका छन्।

बिगतमा मार्क्सवाद, लेनिनवाद, माओवादमा मतभेद हुँदा धेरै पटक कम्युनिस्ट पार्टी बिभाजन भएका छन्। यसपटक भने माओवादी सहजै माओवाद त्याग्न तयार भयो। किन तरु त्यसको कारण छ। माओवादको मुख्य सिद्धान्त सशस्त्र हिंसात्मक बाटो अवलम्बन गर्नु हो। माओवादमै टेकेर माओवादीले १० वर्षे सशस्त्र युद्ध गर्‍यो, २०६३ मा आएर त्यसलाई समाप्त गर्‍यो। सशस्त्र युद्धको बाटो त्याग गरिसकेपछि माओवादको पुच्छर समाइरहनु वैज्ञानिक थिएन। हालसम्म माओवादीले बाध्यात्मक अवस्थामा माओवादलाई अंगालेको भए पनि त्यो सिद्धान्त त्याग्ने मौका पर्खेर बसेको थियो। एमाले र माओवादीको एकीकरणले माओवाद त्याग्ने मौका मात्र जुराएन, पार्टीको नामनै नेपाली पाराको राख्ने अवसर मिल्यो। माओवादी एमालेबाट नेपाल कम्युनिस्ट पार्टी पुनर्जन्म गराउन पाउँदा यसका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता सन्तुष्ट हुनुपर्छ। किनकी अब विदेशी नेताको नाममा पार्टीको नाम राखेको आरोप लाग्ने छैन।

माओवाद त्यागेकोमा पूर्व माओवादीलाई पुछुतो छैन। माओवादका नाममा मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिका कुरा गरिरहने छन्। माओवादीले करीब १२ वर्ष अघि माओले अंगालेको सशस्त्र युद्धको बाटो त्यागिसकेको थियो। माओवादमै टेकेर माओवादीले ‘एक्काइसौ शताव्दीको जनवाद’ र प्रचण्ड पथ विकास गर्‍यो। उसले शान्ति प्रक्रियामा आएपछि प्रचण्डपथ छाडेको थियो। उसले पार्टी एकीकरणसँगै एक्काइसौ शताव्दीको जनवाद र तत्कालीन एमालेले पनि जनताको बहुदलीय जनवादलाई परिमार्जन गरेको छ। दुबैले अब ‘जनताको जनवाद’ अंगाल्ने भएका छन्। जनताको जनवादलाई जनतन्त्र भनेर पनि बुझ्न सकिन्छ। कम्युनिस्ट पार्टी भएको हुनाले जनवाद शव्द प्रिय भएको हुनुपर्छ। लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रुपमा अंगिकार गरिसकेको अवस्थामा जनवाद, जनतन्त्र, लोकतन्त्रको तात्विक फरक हुँदैन।

एमाले र माओवादी दुबै रुपान्तरण भएका हुन्, विर्सजन भएका होइनन्। माओवादी विर्सजन भएको हो, एमाले होइन भन्नुको तर्कमा दम छैन। किनकी पार्टी एकीरकण गर्न दुबैले केही बिषय त्याग गर्नै पर्ने हुन्छ। एमाले र माओवादीले पूर्ववत केही सिद्धान्त त्यागेर सिद्धान्तलाई परिमार्जन गरेका हुन्। दुई रङका नदी मिलेर अर्कै पानी देखिए जस्तै हो यी दुई पार्टी मिलन पछि बनेको सिद्धान्त। त्यसकारण यतिबेला विर्सजनको सवाल नभएर एकीकरण मुद्दा प्रमुख हुन आएको हो। अझै माओवाद अंगालेर मुलुकमा फेरि सशस्त्र हिंसात्मक युद्ध गर्नु छैन। त्यसकारण माओवादीले माओवाद त्यागेकैमा खुशी हुनु पर्ने होइन र ? स्रोतः ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिमा जे देखियो

प्रिशा वस्नेत ,ताप्लेजुङ, बैसाख १५ गते    मुलुकलाई बलियो बनाउन मूलतः राजनीति बलियो हुनुपर्छ । राजनीतिलाई बलियो बनाउन राजनीति पार्टीहरू बलियो

RadioTaplajung

जस्ता नेता, उस्तै पत्रकार

चैत्र १७ गते ।  आफ्नै आङ कन्याएर छारो उडाउने रहर कसलाई पो हुन्छ र ? तर, आज हामी नेपाली पत्रकार जुन अवस्थामा छौं, यहाँनेर छारो उडाएर मात्रै पुग्दैन ।

RadioTaplajung

छाउ गोठ कि छाउ सोच भत्काउने ?

तिलकप्रसाद सापकोटा,माघ ११ गते । अछामलगायत पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय तहमा पुस ९ देखि छाउ गोठ भत्काउ अभियान चलिरहेको छ। अहिलेसम्म दुई