ताजा खबर

सौगात र नम्रताको ‘माछा माछा’

RadioTaplajung

सौगात र नम्रताको ‘माछा माछा’
जेठ ८ गते । चलचित्र ‘माछा माछा’को निर्माण हुने भएको छ । सुनिल गुरुङको निर्देशनमा बन्न लागेको यो चलचित्रले तीन जना गाउँले यूवाहरुले आफूलाई शहरमा स्थापित गर्नका लागि गरेको संघर्षको कथालाई उठान गर्नेछ ।

चलचित्रको मुख्य तिन पात्रमा नायक सौगात मल्ल, विजय बराल र अनोज पाण्डे देखिदैछन् । साथमा यो चलचित्रमा प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणी नेपाल, पुस्कर लगायतको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन काठमाण्डौ, भक्तपुर र ललितपुरमा गरिनेछ ।

सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचन्द्र रौनियारले निर्माण गर्दैछन् । १ महिनामा चलचित्रको छायांकन सक्ने योजना निर्माणपक्षको छ ।

आजबाट काठमाण्डौको गौरीघाटलाई लोकेशन बनाउँदै यसको छायांकन सुरु गरिएको छ । पछिल्लो समय कमेडी जनराका चलचित्रको बाढी नै लागेको समयमा ‘माछा माछा’ पनि थपिएको छ ।
स्रोतःअनलाइन खवर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण