नेपालमा लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

SITENAME

चैत्र २३ । नयाँ दिल्ली — भारत भ्रमणको पहिलो दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उदार अर्थ व्यवस्थाप्रतिको प्रतिबद्धता जनाएका छन् । भारतीय उद्योगी र व्यवसायीहरुमा वामगठबन्धन नेतृत्वको वर्तमान नेपाल सरकार उदार व्यवस्थाबाट पछाडि फर्कन्छ भन्ने आशंकातर्फ संकेत गर्दै आफ्नो नेतृत्वको सरकार उदार आर्थिक नीति प्रति प्रतिबद्ध रहेको बताए ।

‘उदार आर्थिक नीतिबाट पछाडि फर्कने कुनै उद्देश्य छैन, त्यसमा हामी प्रतिबद्ध छ, आउनुस्,’ नयाँ दिल्लीमा भएको अन्तर्क्रियामा उनले भने।

भारतीय लगानीकर्ताहरु विश्वका विभिन्न मुलक जानसक्छन् भने छिमेकमै लगानी गर्न किन नआउने भन्दै प्रधानमन्त्रीले प्रतिप्रश्न गरे। प्रतिफलका हिसाबले समेत नेपाल आकर्षक गन्तव्य रहेको दाबी गरे।

भारतीय लगानीकर्ताहरुलाई लगानीका लागि नेपालका सबै क्षेत्र खुला रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे। राजनीतिक परिवर्तन संविधान जारी भएर संस्थागत गरिएको र अब नेपालमा सामाजिक, राजनीतिक, संस्कृतिक क्षेत्रमा पनि परिवर्तन आवश्यक रहेको प्रधानमन्त्रीले बताए।

 

पारदर्शी र भ्रष्टाचारमुक्त प्रशासनप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै लगानीका लागि सबै क्षेत्र खुला रहेको उनको भनाइ थियो। राजनीतिक परिवर्तन संविधान जारी भएर संस्थागत गरिएको र अब नेपालमा सामाजिक, राजनीतिक, संस्कृतिक क्षेत्रमा पनि परिवर्तन आवश्यक रहेको प्रधानमन्त्रीले बताए।

संसदीको तीन चौथाइ समर्थनसहितको वर्तमान सरकार नीतिगत निरन्तरता र लगानीमैत्री वातावरण बनाउन प्रयासरत रहेको उनले जानकारी दिए। उनले भने ‘स्थायी सरकार भनेको नीतिगत निरन्तरता र लगानीका लागि अनुकूल वातावरण निर्माण हुनु हो।’ वर्तमान सरकार भ्रटाचारमुक्त प्रशासननीतिमा प्रतिबद्ध रहेको समेत ओलीले बताए।

कार्यक्रममा भारतीय उद्योगी व्यवसायीहरुले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत व्यवस्था र वातावरणका सम्बन्धमा जिज्ञासा राखेका थिए। साथै नेपाली उद्योगी व्यवसायीहरुले लगानीका क्षेत्रहरु औल्याउँदै अहिले प्रतिफलका हिसाबले लगानीका लागि सबैभन्दा उत्तम र अनुकूल समय भएको जानकारी दिएका थिए।

कार्यक्रममा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डले वैदेशिक लगानीकर्ता आकर्षित गर्न गरेको कानूनी र नीतिगत सुधार र पहलहरुको जानकारी दिएका थिए।

यसैबीच प्रधानमन्त्रीलाई भेट्न कंग्रेस आईका अध्यक्ष राहुल गान्धी राष्ट्रपति निवासमा आउने भएका छन्। भेटमा नेपालको वर्तमान राजनीतिक घटनाक्रमबारेमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

स्रोतः ई कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

औषधि हाहाकार:२५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

औषधि हाहाकार:२५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव  वैशाख १० गते ।  अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि

SITENAME

साढे ३३ किलो सुन प्रकरणमा पूर्व डिआइजी निरौला पक्राउ

साढे ३३ किलो सुन प्रकरणमा पूर्व डिआइजी निरौला पक्राउ  वैशाख १० ।  गृह मन्त्रालयले साढे ३३ किलो सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी

SITENAME

साउदीको जेलमा पति: ६५ लाख ब्लडमनी जुटाउन भौतारिँदै मनीता

साउदीको जेलमा पति: ६५ लाख ब्लडमनी जुटाउन भौतारिँदै मनीता बैसाख ९ गते । लिबाङ, रोल्पाः गरिबीबाट तरान पाउन साउदी अरबमा मजदुरी गर्न गएका थिए रोल्पा