ताजा खबर

कञ्चनजंघा आरोहण गर्न ११ जना सफल, १२ प्रयासरत

RadioTaplajung

जेष्ठ ६, २०७५ आनन्द गौतम /ताप्लेजुङ  आइतबार बिहान ताप्लेजुङमा रहेको विश्वको तेश्रो अग्लो हिमशिखर ९८,५८६० कञ्चनजंघा ११ जनाले आरोहण गरेका छन् । १२ जनाको टोली अन्तिम शिविरमा रहेका छन् । उनीहरु आरोहणको अन्तिम प्रयासमा रहेको जानकारी दिइएको छ ।
सफल आरोहण गर्ने मध्ये पाँच नेपाली र छ भारतीय छन् । उनीहरुले बिहान ८ बजेर १५ मिनेटमा आरोहण गरेको एसियन ट्रेक प्रालीका म्यानेजर सञ्जय बराल काजुले जानकारी दिए । काजुका अनुसार आरोहण गर्नेमा प्रालिका प्रबन्ध निर्देशक दावा छिरिङ शेर्पा लगायत रहेका छन् । अरु शेर्पाहरुको नाम आइनसकेको उनले बताए । भारतीय नागरिक भने निर्मल कुमार, पंकज जोशी, मोण्टीराज खोवा ९महिला०, पल्केश कल्मा, गौरव काडीया, योगेन्द्र गार्डियल र राहुल गार्नल रहेका छन् । आइतबारको मौसम सफा भएकाले सबैको आरोहण सफल हुने आशा गरिएको काजुले बताए ।

निर्देशक दावा छिरिङ आफैंले नेतृत्व गरेर टोली लिएर गएका थिए । यो सिजनमा यसअघि पाँच जनाले आरोहण गरिसकेका छन् । तीन विदेशी र दुई नेपालीले गत बुधबार साँझ आरोहण गरेर फर्किएका हुन् ।

उनिहरुले एक्सपीडिसन वेस र सेभेन समिट प्रालिबाट गएर आरोहण गरेका थिए । आरोहण गरेका र गर्न नसकेकाहरु शनिबार हेलिकप्टरबाट फर्किएका छन् । कञ्चनजंघामा छ वर्षपछि सफल आरोहण भएको हो । सन् २०१३ र १४ मा आरोहण गरेर फर्कने क्रममा ८ जनाको ज्यान गएको थियो । त्यसपछिका दुइवर्ष कसैले आरोहणको प्रयास नै गरेनन् । गत वर्ष १४ जनाले गरेको प्रयास असफल भयो । यो वर्ष ४४ जनाले आरोहण अनुमति लिएका छन् । स्रोत ; ई कान्तिपुर ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक