ताजा खबर

भारतद्वारा विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविरामको घोषणा

SITENAME

भारतद्वारा विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविरामको घोषणा
 जेठ ३ । भारत सरकारले विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविराम घोषणा गरेको छ ।

काठमाडौं, जेठ ३ । भारत सरकारले विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविराम घोषणा गरेको छ ।

मुस्लिम समुदायको एक महिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतले घोषणा गरेको हो ।

केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र कास्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको ट्वीटमार्फत् जानकारी दिएका छन् ।

उनले यो निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पु¥याउने विश्वास लिइएको बताएका छन् ।

सरकारको तर्फबाट भएको युद्धविरामप्रति सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको सिंहले उल्लेख गरेका छन् ।

भारत नियन्त्रित कास्मिरका मुख्य मन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गरेका छन् ।

यस्तो निर्णयले वार्ताको वातावरण बनेर दीर्घकालीन शान्ति स्थापनाका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

कास्मिरमा सन् १९८९ देखि भारत र पाकिस्तानबीच बीच संघर्ष भइरहेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

ओलम्पिकको साइबर सुरक्षाको नेतृत्व लिएका मन्त्रीलाई कम्प्यूटर चलाउनै आउँदैन

ओलम्पिकको साइबर सुरक्षाको नेतृत्व लिएका मन्त्रीलाई कम्प्यूटर चलाउनै आउँदैन  कात्तिक ३० गते ।  टोकियो ओलम्पिकको साइबर सुरक्षाको नेतृत्व लिएका

एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात

दोहा — करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ ।  सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई

SITENAME

देशभरिको उडान अबरुद्ध गरेर बार्षिक परिक्षा

बीबीसी । दक्षिण कोरियामा बिहिबार भएको वार्षिक ‘सीएसएटी’ परीक्षामा यसपटक पनि देशभरका करिब ६ लाख विद्यार्थी सहभागी भएका छन् । देश भित्रका