ताजा खबर

अमेरिकासँगको वार्ता रद्द गर्ने उत्तर कोरियाको धम्की

RadioTaplajung

अमेरिकासँगको वार्ता रद्द गर्ने उत्तर कोरियाको धम्की

जेठ २ । उत्तर कोरियाले अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने धम्की दिएको छ ।

उत्तर कोरियाको आणविक कार्यक्रम रद्द गर्नुपर्ने जिद्दी अमेरिकाले गरिरहेकाले अमेरिकासँगको वार्ताबारे सोच्नुपर्ने उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता आउँदो जुन १२ मा सिंगाापुरमा हुने तय भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले मिति र स्थानका बारेमा ट्वीट गर्दै जानकारी दिएका थिए । तर उत्तर कोरियाको पछिल्लो प्रतिक्रियाले बैठक अनिश्चित भएको छ ।

बैठक उत्तर कोरियाको आणविक कार्याक्रम रद्द गर्ने विषयमा हुने बताइएको थियो । उत्तर कोरियाले बुधबार दक्षिण कोरियाका अधिकारीसँग हुने वार्ता पनि पछि सारेको जनाएको छ । दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास हुने भनिएपछि उत्तर कोरियाको पछिल्लो प्रतिक्रिया आएको हो ।

उत्तर कोरियाका सहायक विदेश मन्त्री किम के ग्वाङले अमेरिकाले एकतर्फी रुपमा उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न भनेकाले र आफूहरु त्यस्तो एकपक्षीय कुरा मान्न तयार नभएको बताएका छन् । उनले अमेरिकाले लापरवाही रुपमा विज्ञप्तिहरु सार्वजनिक गर्न थालेकाले आउँदो बैठकबारे सोच्ने बेला आएको बताएका हुन् ।

उत्तर  कोरियाका नेता किम जोङ उनले आफूले उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्न चाहे पनि अमेरिकाको पछिल्ला गतिविधि र भनाईले सम्बन्ध बिथोल्न सक्ने बताएका छन् । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास उत्तेजक भएको र यसले कूटनीतिमा असर पार्ने बताएको छ ।

उत्तर कोरियाको पछिल्लो अभिव्यक्तिले अमेरिका पनि झस्केको बताइएको छ । अमेरिकाले भने ट्रम्प र किमबीचको वार्ता सुनिश्चित गर्ने तयारी गरिरहेको जनाएको छ । ट्रम्पले भने उत्तर कोरियाको पछिल्लो अभिव्यक्तिमाथि कुनै टिप्पणी गरेका छैनन् । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल