ताजा खबर

थ्रीस्टार उदयपुर गोल्डकपको फाइनलमा

SITENAME

थ्रीस्टार उदयपुर गोल्डकपको फाइनलमा
जेठ २ । थ्रीस्टार क्लब उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

थरुहट रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ विरुद्ध १ गोल गर्दे थ्रिस्टार क्लब फाइनमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा थिस्टारको तर्फबाट दोस्रो हापको १० औ मिनेटमा अजय मार्टिनले १ गोल गरेसंगै थ्रिस्टार फाइन प्रवेश गरेको हो ।

बुधबारको खेलमा झापाले पनि राम्रो खेल प्रस्तुत गरेको थियो । झापाले गोल गर्ने निकै अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

आजको खेलमा म्यानअफ द म्याच थिस्टार क्लबका पिटर सेगोन घोषित भए  । उनले नगद सात हजार रुपैयाँ प्राप्त गरे । थ्रिस्टारले अब सुनसरी ११ र मनाङ मर्स्याङदी क्लब को विजेतासँग शनिबार उपधाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।  थारूहट रंङशालामा बिहीबार दोस्रो सेमिफाइनल खेल सुनसरी ११ र मनाङ मर्स्याङदी क्लबबीच हुने छ ।

शनिबार हुने फाइनल खेलको विजेताले नगद ५ लाख रुपैयाँ पाउने छ भने उप विजेताले ३ लाख रुपैयाँ पाउने आयोजक समितका अध्यक्ष किरण राईले बताउनुभयो  । स्रोतःउज्यालो अनलाइन

 

प्रतिकृया दिनुहोस
SITENAME

विश्वकप फुटबल २०१८

 विश्वकप फुटबल २०१८  असार ३२ गते । विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबलको २१औँ संस्करण फ्रान्स च्याम्पियन भएसँगै आइतबार रुसमा सम्पन्न भएको छ । अब

SITENAME

रियल मड्रिड छोडेर युभेन्ट्स भित्रिए क्रिस्टियानो रोनाल्डो

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इटालियन च्याम्पिन युभेन्ट्समा आवद्ध भएका छन् । रियल मड्रिडमा रहँदा कर विवादले पिरोलेपछि

SITENAME

विश्वकप सेमिफाइनलःबेल्जियम र फ्रान्स भिड्दै

विश्वकप सेमिफाइनलःबेल्जियम र फ्रान्स भिड्दै असार २६ गते । रसियामा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबार हुने छ। पहिलो सेमिफाइनलमा