विद्युत् उत्पादन गर्न नागरिकको दबाब

SITENAME

जेष्ठ १, २०७५ आनन्द गौतम /ताप्लेजुङ — तमोर मेवा जलविद्युत् आयोजनालाई निर्माण कार्यमा तदारुकता देखाउन स्थानीयले दबाब दिएका छन् । १ सय १ मेगावाटबाट १ सय २८ मेगावाट क्षमता वृद्धि भएपछि वातावरणीय प्रभाव मूल्यांकनका लगि सार्वजनिक सुनुवाइ गर्न आएको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडलाई स्थानीयले आश्वासन मात्रै दिने र सम्पर्कविहीन हुनेगरी नआउन दबाब दिएका हुन् ।

०६२ सालमै आएको कम्पनी १२ वर्षपछि पुन: सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न आएको भन्दै स्थानीय असन्तुष्ट बनेका हुन् । फुङलिङ नगरपालिका ३ की करुणा बरालले भनिन्, ‘हामी भानेन्द्र भाइलाई चिन्छौं, तपाईं आउने, कार्यक्रम गर्ने, ढाँट्ने अनि फर्कने मात्रै हो भने कृपया नआउनुहोला, अब आश्वासन दिने जमाना सकियो, कृपया काम गर्नुहोला ।’

प्रत्युत्तरमा स्पार्कका सञ्चालक समिति अध्यक्ष भानेन्द्र लिम्बूले आफूले अन्याय नगरेको सरकारबाट आफू अन्यायमा परेको सुनाएका थिए । उनले भने, मैले सशस्त्र द्वन्द्वमा ठूलै खर्च गरेर काम गरें तर सरकारले मेरो लाइसेन्समा खेलबाड गर्दा कानुनी लडाइँ लड्न समय लागेकाले ढिलो भयो, यो अन्तिम सार्वजनिक सुनुवाइ हो । यसको प्रतिवेदन सरकारलाई बुझाएर निर्माणको अनुमति माग्छौं र निर्माणको काम थाल्छौं ।’ झोलामा खोला बोक्ने हो भने आफरूहरू सामु नआउन दबाब दिएपछि लिम्बूले समुदायलाई आफू अन्तिम पटक आएको बताएका थिए । उनले आगामी हिउँददेखि नै काम थाल्ने प्रतिबद्धता पनि जनाए । उनको यो प्रतिबद्धतापछि मात्रै स्थानीयले सार्वजनिक सुनुवाइ गर्न अनुमति दिएका थिए । अन्यथा कार्यक्रमस्थल निर्माणमै अवरोध गरेका थिए ।

स्पार्कले २२ अर्बको लागतमा विद्युत् उत्पादन गर्ने बताएको छ । उसले नेपाल सरकारको ऊर्जा मन्त्रालयअन्तर्गत रहेको जलविद्युत् लगानी तथा विकास संस्था लिमिटेड र गोरक्ष हाइड्रोपावर प्रालिलाई साझेदार संस्थाका रूपमा लिएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा गोरक्षका प्रतिनिधिहरू उपस्थित भएका थिए । भानेन्द्रका अनुसार जलविद्युत् लगानी संस्थाले ३५, गोरक्षले ३०, स्पार्कले १५, प्रभावित क्षेत्रका बासिन्दाले १० र देशभरिका सर्वसाधारणले १० प्रतिशत सेयर लगानी गर्नेछन् ।

मेवाखोलाको पानी श्रीगंगाबाट फुङलिङ नगरपालिका २ को हान्द्रुङमा ल्याएर खसाउने र त्यहाँबाट फुङलिङको आगेदिममा झारेर विद्युत् उत्पादन गर्ने योजना छ । पूरै सुरुङमार्गमार्फत पानी प्रवाह गर्ने कम्पनीले जनाएको छ । यसका लागि दुवैतिर गरी करिव नौ किलोमिटर सुरुङमार्ग निर्माण गरिनेछ । मैवाखोलातर्फ ४ र तमोर नदीतर्फ ५ किलोमिटर सुरुङ खन्ने योजना कम्पनीको छ । यो आयोजना फुङलिङ नगरपालिका वडा २, ३ र ९ मेरिङदेन गाउँपालिका २ र ३ आठराई त्रिवेणी गाउँपालिका १, २ र ३ र मिक्वाखोलाको २, ३, ४ र ५ नम्बर वडा प्रभावित क्षेत्रका रूपमा रहेका छन् ।

स्थानीयको चासो पानी, घर र रोजगारी
सुरुङमार्गमार्फत विद्युत् उत्पादन गर्ने कम्पनीको तयारीबाट स्थानीयले आफ्नो घर, जग्गा जोखिमको सवाल उठाएका छन् । वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले खानेपानीका मुहान, सुक्ने, सुरुङका कारण आफरूहरूको घरजग्गा जोखिममा पर्ने हो कि भनेर चासो राखेका थिए । फुङलिङ नगरपालिका ३ का दिलीप बरालले भित्र सुरुङ भएपछि बाहिरको जमिन कसरी जोखिममा पर्दैन भनेर प्रश्न गरेका थिए ।वातावरणविद् नारायणप्रसाद खनालले सुरुङ माटोमा नबन्ने, त्यो भित्रको चट्टानमा मात्रै खनिने भएकाले त्यसले असर नपार्ने बताए ।

यदि असर परे त्यसको क्षतिपूर्ति कम्पनीले दिने विश्वास दिलाए । ठूलो आयोजना भएकाले पूर्णरूपमा अध्ययन नगरी आयोजना सञ्चालन नगरिने उनले बताए । स्थानीयले आफूहरूले रोजगारी पाउनुपर्ने प्रस्ताव पनि गरेका छन् । लिम्बूले दक्षताअनुसार सबै स्थानीयको प्रयोग हुने आश्वासन दिएका छन् ।स्रोतःई कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

कञ्चनजंघा आरोहण गर्न ११ जना सफल, १२ प्रयासरत

जेष्ठ ६, २०७५ आनन्द गौतम /ताप्लेजुङ  आइतबार बिहान ताप्लेजुङमा रहेको विश्वको तेश्रो अग्लो हिमशिखर ९८,५८६० कञ्चनजंघा ११ जनाले आरोहण गरेका छन् । १२

बलात्कार अभियोगमा एक युवा पक्राउ

पाँचथर, जेठ–५ । १५ वर्षकी एक बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले एक युवालाई पक्राउ गरेको छ । फिदीम नगरपालिका–४, का २२ वर्षका मनोज

SITENAME

कन्चनजंगाको चुचुरोमा चार वर्षपछि मानव पाइला 

ताप्लेजुङः  विश्वको तेस्रो अग्लो शिखर कन्चनजंगा हिमालको चुचुरोमा चार वर्ष पछि मानव पाइला  पुगेको छ । बिहीबार दुई नेपाली र तीन रसियाका आरोहीले