ताजा खबर

कर्माको परीक्षा

SITENAME

कर्माको परीक्षा

वैशाख २९ ।  नेपाली फुटबलमा धेरैपल्ट सुनाइँदै आएको तथ्य हो, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसी ले जे भन्छ, त्यही गर्नुपर्छ । गरेन भने ढिलो–चाँडो प्रतिबन्धमा परिन्छ । पछिल्लो साता अखिल नेपाल फुटबल संघ एन्फा को चुनाव भयो र अध्यक्षमा चुनिए, कर्माछिरिङ शेर्पा ।

त्यो चुनाव त्यही दिन नभएको भए, नेपाली फुटबल प्रतिबन्धमा पथ्र्यो, शेर्पाको दाबी थियो । हुन पनि फिफाले त्यही दिन चुनाव गर्नु भनेको थियो ।

त्यो चुनावमा उनका प्रतिद्वन्द्वी मणि कुँवरले भाग नै लिएनन् । अथवा नलिएको नाटक गरे । उनको दाबी थियो, त्यो विधान अनुसार भएन । त्यसैले उनको समूहका केही प्रत्यासी चुनावको अघिल्लो दिन अदालत पनि गए, तर आफू अनुकूल निर्णय ल्याउन सकेनन् । फिफा र एएफसीको नियम अनुसार फुटबलमा जत्तिकै चित्त बुझे पनि नबुझे पनि अदालत जान पाइन्न । कुनै समय शेर्पा आफै अदालत गएका थिए, त्यो बेलाको साधारण सभा रोक्नुपर्छ भनेर । अहिले यही काम कुँवर समूहले गर्‍यो । कुनै समय थियो, यही समूह फुटबलमा अदालत जान पाइन्न भनेर वकालत गर्थ्यो । परिस्थितिलाई आफू अनुकूल व्याख्या गर्ने समस्या नै हो, नेपाली फुटबलको । फिफा र एएफसीकै अनुसार चल्नुपर्ने मान्यता हो भने शेर्पाको नेपाली फुटबलमा प्रवेश नै ‘पछाडिको ढोका’बाट भएको हो । राष्ट्रिय खेलकुद परिषद ९राखेप० ले २०५७ को असोजमा गणेश थापाको नेतृत्वमा रहेको एन्फालाई वर्खास्त गरेर गीता राणा नेतृत्वको तदर्थ समिति बनायो ।

त्यसै समितिका उपाध्यक्ष थिए, शेर्पा । राखेपले वर्खास्त गरेर के नै अर्थ रह्यो र रु किनभने त्यसलाई फिफा र एएफसीको मान्यता थियो । त्यतिबेला शेर्पा भन्ने गर्थे, ‘फिफा र एएफसी किन चाहियो रु हामी आफै नेपाली फुटबल चलाउन सक्छौं ।’ यता थापा भन्ने गर्थे, ‘राखेपको यो कामले नेपाली फुटबल अब प्रतिबन्धमा पर्छ ।’ परिस्थितिले गज्जब कोल्टे फेरेको छ, पहिले फिफा र एएफसीको नाम जप्नेहरू विधानको कुरा गर्छन्, अनि विधानको कुरा गर्नेहरू फिफा र एएफसीको नाम लिन्छन् ।

फेरि पुराना दिन सम्झने हो भने राणा नेतृत्वमा भएको चुनावमा उनी अध्यक्ष चुनिए, वरिष्ठ उपाध्यक्ष थिए, शेर्पा । एक वर्षको अन्तरमा राणालाई हटाएर शेर्पा कार्यवाहक अध्यक्ष बने । अनि उनकै नेतृत्वमा त्यो एन्फाले थापा नेतृत्वमा रहेको एन्फासँग एकता गर्‍यो । त्यस एन्फामा पनि वरिष्ठ उपाध्यक्ष रहे, शेर्पा नै । त्यसैले थापाले केही अगाडिसम्म पनि दाबी गरेका थिए, ‘कर्माछिरिङ शेर्पा मेरो आफ्नै मान्छे हो ।’ थापा र शेर्पा लामो समय सँगसँगै एकै समूहमा रहे ।

लगभग ०७० को अन्त्यतिर यी दुईबीच कलह सुरु भयो । अब शेर्पा थापाका विरोधी भए । त्यसको पनि एक वर्षपछि त उनी थापाले एन्फामा अनियमिता गरेको र एकलौटी ढंगले नेपाली फुटबल चलाएको आरोपमा संसदको सार्वजनिक लेखा समिति, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागसम्म पुगे, उजुरी लिएर । त्यतिबेला भन्ने गरिन्थ्यो, शेर्पाले थापाको केही पनि बिगार्न सक्दैनन् ।

तर होइन, शेर्पाले यहाँ गज्जब नै गरे । उनले आफ्नो आन्दोलनलाई रोकेनन्, लगातार लडिरहे । आफ्नो मुद्दाबाट पनि पछाडि हटेनन् । लागेको लाग्यै गरे । लगातार आफूले स्थापित गरेको मान्यतामा टिकेर लडिरहनुपर्छ, एक दिन न एक दिन नतिजा आउनेछ नै । यसकै उदाहरण बने, शेर्पा । केही वर्ष अगाडिसम्म पनि कसैले नेपाली फुटबलमा थापा हुने छैन, नत उनको समूह हुनेछ भनेर भनेको थियो भने त्यो अचम्मकै हुन्थ्यो, विश्वास नै गर्न नसकिने ।

कम्तीमा नेपाली फुटबललाई नजिकबाट हेर्ने अवसर पाएकालाई त यस्तै लाग्थ्यो । फिफा र एएफसीमा थापालाई प्रतिकूल स्थितिसम्म पुर्‍याउन शेर्पा र उनका केही साथीको निर्णायक भूमिका रह्यो । थापा फुटबलबाट दस वर्षको प्रतिबन्धमा पर्नु पछाडि नेपालबाट जुन भूमिका तयार गर्नुपथ्र्यो, त्यो काम गर्ने यिनै शेर्पा हुन् । समयको क्रमसँगै जहाँ थापालाई भाग्य र पुराना साथीले साथ दिन छाड्यो, त्यहीं शेर्पाको वास्तविक उदयका दिन सुरु भए । दुई वर्ष अगाडिको एन्फा चुनावमा पनि शेर्पा अहिलेका निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । त्यतिबेला पनि अब शेर्पाका दिन सकियो भन्ने थियो । तर श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष कुँवर रहेको समितिले केही कामै गरेन । यहाँनिर फेरि एकपल्ट शेर्पा बलियो भए । यसपल्टको चुनावमा उनको नारा नै थियो, परिवर्तन । यही नारा दिएर पनि उनले थापा समूहकै धेरै विश्वास पात्रलाई आफूमा आकर्षित गर्न सफल रहे ।

भलै उनीसँग पुराना दिनमा संघर्षमा साथ दिनेहरू केही हदसम्म रिसाए । यसपल्टको नतिजा फेरि एकपल्ट गज्जब नै भयो, उनको जित एकपक्षीय जस्तै थियो, सबै पदमा उनकै साथीहरूले जिते । अहिले उनी शक्तिको त्यो प्रचण्ड स्थितिमा छन्, जुन स्थिति कुनै समय थापाले उपभोग गरेका थिए । अब शेर्पाले के गर्नेछन् त रु महत्त्वपूर्ण र निर्णायक प्रश्न यही हो । उनले इतिहासबाट सिकेर आफूलाई सुधार्नेछन् कि इतिहासमा टिकेर बदला लिने सोच बनाउनेछन् रु साँच्चै शेर्पामाथि चुनौतीमाथि चुनौती मात्र छ । राजनीतिक रूपमा नेपाली कांग्रेससँग आबद्ध शेर्पा व्यक्तिगत रूपमा इमानदार नै प्रस्तुत भएका छन्, किनभने उनलाई अहिलेसम्म आर्थिक रूपमा खोट लगाउने ठाउँ छैन । उनको छवि सफा छ, मिठो व्यवहार नै गर्छन् । तर उनको वरिपरिका धेरै यस्तै छैनन् । थापाको समयमा उनकै नजिक रहेका, सक्दो सुविधा उपयोग गरेका, अनि केही त गन्हाएका पनि उनकै समूहमा छन् ।

त्यसमध्ये केहीलाई नेपाली फुटबलको मतबल छैन भने हुन्छ । अहिले नै खास–खास महत्त्वपूर्ण पदका लागि उनीहरूबीच कलह भइसकेको छ, विवादले झगडाको रूप लिइसकेको छ । त्यसैले त होला, चुनाव अगाडि शेर्पाले दाबी गरेका थिए, चुनावमा जति पनि खर्च भएको छ, त्यसको एक–एक हिसाब चुनाव सकेको तीन दिनमै सार्वजनिक गर्नेछौं । तर उनले गर्नसकेका छैनन् । यसका लागि उनी आलोचनाका पात्र पनि हुन सक्छन् । तर एक अर्थमा यो गौण विषय हो । मुख्य विषय हो, नेपाली फुटबलमा त्यो संस्कृतिको विकास गर्ने, जुन उनको नारा हो । यो संस्कृति अनुशासित र पारदर्शी हुनुपर्छ, अनि कुनै प्रकारको आर्थिक अनियमितताबाट टाढा । अनि एन्फामा ती सबै प्रजातान्त्रिक मूल्य र मान्यता पनि हुनेछन्, जहाँबाट कोही अदालत जानुपर्ने छैन । नत आफूलाई चित्त बुझेन भनेर अनशन बस्नुपर्ने स्थिति । अहिले शेर्पा यो स्थिति विकास गर्न सक्ने हैसियत राख्छन् ।

लिग गराउने, बलियो राष्ट्रिय टिम बनाउने, तल्लो तहबाटै फुटबलको विकास गर्ने, यी त नियमित कार्यक्रम नै हुन् । यसमा नयाँ नै के छ र रु नयाँ त्यतिबेला हुनेछ, जतिबेला उनी नेपाली फुटबललाई साँच्चै सुदृढ गर्न कडा निर्णय गर्न पनि पछाडि पर्ने छैनन्, अनि आफू वरिपरि झुम्नेलाई खुसी पार्नमात्र लाग्ने छैनन् । इतिहासले जस्तै भने पनि शेर्पा अहिले नेपाली फुटबलको त्यो मोडमा छन्, जहाँबाट उनी युगान्तकारी परिवर्तन गर्न सक्छन् ।

चुनावका बेला उनी बारम्बार दोहोर्‍याएर भन्ने गर्थे, जय नेपाली फुटबल । उनको नाराजस्तै रह्यो, यो । उनी फेरि यस्तो पनि भन्ने गर्थे, नेपाली फुटबललाई बचाउनुपर्छ । अहिले नजोगाए, कहिले त रु परिवर्तनको नारा मिठो त सुनिन्छ, तर व्यवहारमा लागू भएन भने त्यो तितो हुन्छ । शेर्पासँग धेरैको धेरै अपेक्षा छ, राम्रो काम गर्नेछ भनेर । उनी पहिले आलोचना गर्थे, अहिले काम गर्ने स्थानमा छन् । यो साँच्चै काम गरेर देखाउने समय र चुनौती हो ।

स्रोतःई कान्तिपुर डट कम

प्रतिकृया दिनुहोस
SITENAME

प्रधानमन्त्रीको मर्जी

प्रधानमन्त्रीको मर्जी कार्तिक ३० गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी अर्धांगिनी मेलानिया ट्रम्पले राष्ट्रिय सुरक्षा

SITENAME

प्रधानमन्त्री तंग्रिए, अब ‘गियर’ बदल्ने अवसर !

प्रधानमन्त्री तंग्रिए, अब ‘गियर’ बदल्ने अवसर !  कात्तिक २६ गते । दसैँ, तिहार सकियो । यो हप्ता सकिन नभ्याउँदै छठ पर्व पनि सकिन्छ । सँगसँगै दसैँ,

SITENAME

भ्यारिकोसिल छ ? बाँझै बस्नुपर्ला है !

भ्यारिकोसिल छ ? बाँझै बस्नुपर्ला है ! कार्तिक १७ गते । पुरुष जननेन्द्रीयमा देखापर्ने रोग हो–भ्यारिकोसिल । यो १५ प्रतिशतसम्म देखिन सक्छ । रोगको