ताजा खबर

सम्भावना छ, योजना छैन

SITENAME

सम्भावना छ, योजना छैन
आनन्द गौतम,ताप्लेजुङ । जिल्लाभित्र मात्रै होइन अन्यत्रका लागि पनि ‘दोभान बजार’ परिचित नाम हो । तमोर र मैवा नदीबीच रहेको यो बजारले सञ्चारको विकास नहुँदासम्म पहाड र तराईसँग सम्बन्ध स्थापित गराएको थियो ।
ताप्लेजुङको दोभान बजार । जिल्लाकै पुरानो यो बजार मेची र कोसी राजमार्ग जोड्ने, तराईका जिल्लासँग तमोर करिडोर जोड्ने मुख्य बजारका रूपमा रहेको छ ।तस्बिर स् आनन्द

प्रत्येक वर्षको पुसमा पाँच दिनसम्म लाग्ने मेलामा युवायुवतीको सम्बन्ध स्थापित गर्थे । सम्बन्ध स्थापित गर्नकै लागि तराईबाट युवायुवती आएर पाँच दिनसम्म बस्थे । लिम्बू समुदायमा प्रचलित धाननाच नाच्थे र तमोर र मैवा नदीलाई साक्षी राखेर सम्बन्ध जोड्थे । यो बजारलाई जोड्ने तमोर नदीमा पुल बनेसँगै यसको भविष्य सकिने चिन्ता धेरैलाई थियो । अझै पनि छ ।

उनीहरूको बुझाइमा पुल बनेपछि यातायातका साधन सीधै गाउँमा पुग्छन् र अहिलेको जस्तो व्यवसाय हुँदैन । यस्तै सोचका कारण यहाँका स्थायी बासिन्दाले समेत आफूलाई यहीँ स्थापित गर्ने योजना बनाएका छैनन् । यहाँ लगानी गर्नुको साटो तराईतिर घर–घडेरीको बन्दोबस्त मिलाएका छन् ।

तर योजना बनाएर काम गरे दोभान बजारको सम्भावना झनै बढेर जाने जानकार बताउँछन् । जिल्ला विकास समितिका पूर्वयोजना अधिकृत मनमणि काफ्ले व्यवसायीले योजना बनाएर लागे नमुना बजार बनाउन सकिने दाबी गर्छन् । उनको बुझाइमा, पुल निर्माणपछि पूर्वको नौ जिल्लाको चक्रपथ बन्दै छ । पहाडबाट तराई जोड्ने तमोर करिडोर पनि यही बजार भएर छुट्छ । सदरमुकामका बासिन्दाको भ्रमण निस्कने छोटो गन्तव्य पनि यही हुन्छ ।

मैवाखोला

पर्यटकीय सम्भावना
उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीका अनुसार सडकले छुने यो बजार प्राकृतिक रूपले सुन्दर भएकाले केही गर्न सकिने अवस्था छ । पर्यटकीय दृष्टिले केही गर्ने सम्भावना भएकाले बजार स्थापित हुने उनले बताए । ‘तर अहिलेकै अवस्थामा जस्तो छ ठिकै छ भनेर हुँदैन, परिवर्तित समयअनुसार पूर्वाधार विकासमा ध्यान दिनुपर्छ,’ नेपालीले थपे, ‘दोभानमा आउने पाहुनाका लागि पौडी, र्‍याफटिङ जस्ता योजना भए यात्रुहरूको एउटा गन्तव्य स्थल बन्छ ।’

तमोर करिडोर बनेपछि र्‍याफटिङका लागि इटहरी, धरान, विराटनगरतिरका आन्तरिक पर्यटक आउन सक्ने सम्भावना रहेको उनले बताए । पर्यटकका लागि आवश्यक पूर्वाधारमा गाउँपालिका र दोभान उद्योग वाणिज्य संघ लाग्नुपर्ने मनमणिको सुझाव छ । ‘विशेषतस् दोभानका व्यवसायीले नै पहिलो योजना बनाउनुपर्छ, नयाँ भएकाले स्थानीय सरकारलाई त्यसमा लगानी गर्न कन्भिन्स गर्नुपर्छ,’ उनले भने, ‘तमोर, मेवा र मैवाखोलामा लोकल माछा, दोभान बजारमा व्यवस्थित होटल तथा लज, मैवाखोलामा पौडी पोखरी र तमोरमा र्‍याफटिङको व्यवस्था गरे अहिलेका लागि पर्याप्त हुन्छ । त्यसपछि आवश्यकताअनुसारको काम गर्दै जानुपर्छ ।’

सदरमुकामबाट नजिक, मैवाखोला, मेरिङदेन, आठराई त्रिवेणी र मिक्वाखोला गाउँपालिकाको केन्द्र पनि यही बजार भएकाले योजना बनाएर लागे सम्भावनै सम्भावनाको बजार भएको काफ्लेको दाबी छ । यी चारवटै गाउँपालिकाबाट दोभान बजार भएर मात्रै सदरमुकाम प्रवेश गर्न सकिन्छ ।


ठोस योजना छैन
दोभान उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद पौडेल भने अहिलेसम्म स्थानीयसँगै कुनै योजना नभएको स्विकार्छन् । ‘हामीलाई २०७२ जेठ २७ गतेको बाढीले दिएको पीडा सेलाएको छैन,’ उनले भने, ‘बर्खा लागेपछि अब के होला नि भन्ने दिन आइहाल्यो, त्यसैले खास योजना बनाउन सकेनौं ।’

मैवाखोलामा आएको बस्तीले यहाँको पश्चिमपट्टिको आधा भाग कटान गरेको छ । नदी चाँडो खोलिएकाले बजार क्षेत्रमा भने नोक्सान हुन पाएन । यहाँ सञ्चालित रिसोर्टलाई बगरमा परिणत गरिदिएको थियो । यहाँका बासिन्दा भागेर फुङलिङतर्फ गएर तीन दिनसम्म बसेका थिए । बजारक्षेत्र साँघुरो भएकाले योजना बन्न नसकेको गुनासो गरे । ‘तल्लो भाग खोलाले काटेको छ, माथिल्लो भागमा पनि तमोर नदी छ, बीचमा सडकले काटेको हुनाले कसरी योजना बनाउने भन्ने अन्योलमा छौं,’ पौडेलले भने ।

प्रतिनिधिसभा सदस्य योगेश भट्टराई नदीको त्रासबाट मुक्त हुन आग्रह गर्छन् । ‘हुन त बाढी हो, यसै भन्न सकिन्न, तर कटान भएको क्षेत्रलाई व्यवस्थित गर्न तटबन्ध निर्माणका लागि यो वर्ष कम्तीमा ८र१० करोड रुपैयाँ लगानी गर्छौं ।’ अहिले स्थानीय तहले पनि सुरुवात गरेकाले त्यसलाई थप मजबुत बनाउने र बस्तीलाई त्रासमुक्त बनाउने उनको योजना छ ।

प्रदेश सांसदको चासो
यसमा प्रदेशसभाका सांसद प्रतापप्रकाश हाङगाम र टंक आङबोहाङले पनि विशेष लगानी गर्ने बताए । हाङगामको योजनामा बीच बजारमा कालोपत्रे गर्ने र दायाँबायाँ संरचना बनाए दोभान आकर्षक गन्तव्य बन्छ भन्ने बुझाइ छ ।

अहिलेसम्म यहाँका बासिन्दाले फोहोर पनि नदीतिरै फाल्ने गरेका छन् । डम्पिङ साइट बनाइएको छैन । अध्यक्ष पौडेलले ठाउँ र बजेट नभएकाले बनाउन नसकिएको बताए । उद्योग वाणिजय संघकै बुझाइमा यहाँ मासिक कम्तीमा एक करोडको कारोबार हुने गरेको छ ।जिल्लाका चारवटा गाउँपालिकाका सबै वडामा खाद्यान्नलगायत सामग्री यहीँबाट जान्छ ।

यो निर्वाचन क्षेत्र नम्बर २ को मुख्य व्यापारिक केन्द्र हो भने जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र पनि हो । ताप्लेजुङलाई पर्यटकीय जिल्ला बनाउन सदरमुकाम फुङलिङ, सुकेटार, पाथीभरा, दोभान र काबेलीमा विशेष योजना ल्याउन स्थानीय सरकारलाई दबाब दिने पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ बताउँछन् ।
स्रोतःई कान्तिपुर डट कम

प्रतिकृया दिनुहोस

ताप्लेजुङका जनप्रतिनिधिले ११ महिनाको पारिश्रामिक एकमुष्ट बुझे,मेयरको भन्दा उपमेयरको पारिश्रामिक ३ हजार बढि

ताप्लेजुङका जनप्रतिनिधिले ११ महिनाको पारिश्रामिक एकमुष्ट बुझे,मेयरको भन्दा उपमेयरको पारिश्रामिक ३ हजार बढि रेडियो ताप्लेजुङ,असार ३२ गते । जिल्लाका

घरवाटो सिफारिस अव ताप्लेजुङ भरिनै अनिवार्य

    आनन्द गौतम/ताप्लेजुङ – जिल्ला मालपोत कार्यालयले घर जग्गा रजिष्टे«शन गर्दा वडा कार्यालयको शिफारिस अनिवार्य गरेको छ । आगामी आर्थीक बर्षको

पाथीभरा याङवरक गाउपालिकाले आगामी आर्थीक बर्ष २०७५/७६ को बार्षिक नीति तथा कार्यक्रम र वजेट पारित

रेडियो ताप्लेजुङ /ताप्लेजुङको पाथीभरा याङवरक गाउपालिकाले आगामी आर्थीक बर्ष २०७५/७६ को बार्षिक नीति तथा कार्यक्रम र वजेट पारित गरेको छ ।  गाउपालिका