ताजा खबर

मोदी आउँदा जनकपुरमा मास्क लगाएर हिँड्न प्रतिबन्ध

SITENAME

जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र  जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध गरेको हो ।

मोदीको भ्रमण कार्यक्रमलाई दृष्टिगत गरी वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र मास्क लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ । मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र मास्क लगाएर नजान आग्रह गरिएको छ ।

प्रहरीको सूचनामा भनिएको छ ‘त्यस्तो निषेध गरिएको सरसामान लिई प्रवेश गरेको पाइएमा तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिइ कारबाही अगाडि बढाइने जानकारी गराइन्छ ।’

दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर आउँदैछन् । उनले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले मोदीको सम्मानमा बाह्रविघा मैदानमा नागरिक अभिनन्दन कार्यक्रम राखेको छ ।

मोदी भ्रमणको सुरक्षालाई मध्यनजर गरी बिहीबार दिउँसो १२ बजेदेखि नै जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । मोदी आउने दिन पारेर प्रदेश २ सरकारले प्रदेशभरी सार्वजनिक विदासमेत दिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

जेलभित्रै जुवाखाल, नाइकेले लाखौं उठाउँनेगरेको खुलासा

मंसिर १– कारागारकोे उद्देश्य कैदीबन्दीलाई सुधार्नु हो, ताकि जेल बसेर छुटेको व्यक्तिले फेरि अपराध नगरोस्। त्यसैले पनि कारागारलाई सुधारगृह भनिँदै

SITENAME

चार महिनामा गैंरकानुनि काम गर्ने १६३ विदेशी नागरिक देश निकाला

 कात्तिक ३० । घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिक देश निकालामा परेका छन् । विगत चार महिनाको

SITENAME

बाघको आक्रमणबाट बालिकाको मृत्यु

कात्तिक २९, २०७५ तनहुँ  बाघको आक्रमणबाट बिहीबार साँझ एक बालिकाको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका–४ चिसापानी जोखनीगाउँ बस्ने ४ वर्षीय बालिका