ताजा खबर

र्बार्सिलोना र रियलले बराबरी खेले

RadioTaplajung

 

 २४ बैशाख 

यो सिजनको अन्तिम एल क्लासिको २–२ गोलको बराबरीमा टुंगिएको छ । दोस्रो हाफको ४५ मिनेट १० खेलाडीमा सीमित रहेर पनि बार्सिलोनाले रियल मड्रिडलाई बराबरीमा रोकेको हो ।  घरेलु मैदानमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । उसका लागि सर्जियो रोबर्टोको पासमा लुइस स्वारेजले १० औँ मिनेटमा गोल गरेका थिए । 

तर, त्यसपछि गोल गर्ने पालो थियो क्रिस्टियानो रोनाल्डोको । उनले खेलको १४ औँ मिनेटमा करिम बेन्जेमाको सहयोगमा गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । 

पहिलो हाफको अन्तिम मिनेटमा सर्जियो रोबर्टोले रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा झर्यो । तर, उसले दोस्रो हाफमा पनि दबाबको महसुस गरेन । 

बार्सिलोनाका लागि स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको ५२ औँ मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्न सफल हुँदै २–१ को अग्रता दिलाए । 
१० खेलाडीमा झरेपछि डिफेन्समा केही सन्तुलन गुमाएको बार्सिलोनाविरुद्ध रियलले केही आक्रमणका प्रयास गर्यो । जुन प्रयास ७२ औँ मिनेटमा सफल भयो । यो पटक ग्यारेथ बेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

बेलको गोलपछि दुवै टोलीबाट थप गोल हुन सकेन । बार्सिलोनाले ला लिगाको उपाधि पक्का गरिसकेको अवस्थामा यो भिडन्त दुई क्लबबीचको प्रतिष्ठाको मात्रै लडाइँ थियो । योसँगै जारी सिजनको ला लिगामा बार्सिलोनाले अपराजयको कीर्तिमान कायमै राख्न सफल भएको छ । 

बार्सिलोनाविरुद्धको खेलमा रियलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने घाइते भएका छन् । बार्सिलोनाविरुद्ध खेलमा एंकलमा चोट लागेपछि उनी पहिलो हाफ सकिएपछि मैदान प्रवेश गरेनन् । 

लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको फाइनल हुनु तीन साता अघि रोनाल्डो घाइते भएपछि रियल मड्रिडमा तनाव बढेको छ । यद्यपि उनको उपचार सुरु गरिएकाले चोटबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । 
अन्नपर्णपोष्टबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा