ताजा खबर

फुङलिङ–८ ले एक वर्षमा साढे पाँच किलोमिटर सडक खन्यो

RadioTaplajung


सीताराम गुरागाई । ताप्लेजुङ
फुङलिङ नगरपालिका वडा नं ८ ले चालु आवमा ५.६ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको जनाएको छ । वडास्तरिय योजना अन्तर्गत स्थानीयको मागलाई प्राथमिकता दिई सडक निर्माण गरिएको आज आयोजित सार्वजनिक सुनुवाईमा जानकारी गराइएको छ । 

उक्त वडाका ३४ लाख ६१ हजारका ४ नगरस्तरिय योजनामध्ये ३ वटा सम्पन्न भएको र एउटा अन्तिम चरणमा पुगेको वडाध्यक्ष पदमसुन्दर पालुङवाले बताए । देउराली युवा क्लव भवन, लालिगुराँस सँस्कृतिक परिवार भवन र विश्वकर्मा मन्दिर घेराबारा निर्माण सम्पन्न भएको र चारपाटे ढुङ्गा पर्यटन प्रवद्र्धनको कार्य जारी रहेको छ । 

त्यस्तै लक्षित कार्यक्रम अन्तर्गत साविकका प्रत्येक वडाबाट २–२ जना महिलाले खाडी बुनाई, कम्प्युटर तालिम, सिलाई कटाई तालिम प्राप्त गरेको बताइएको छ । ५९ लाख ५० हजारका ६ वटा वडास्तरका योजना भने सम्पन्न भइसकेको वडा सदस्य जंग सुनुवारले बताए । 

साथै सो वडामा विभिन्न शिर्षकमा यो वर्ष हालसम्म महिला १ सय ५९ र पुरुष ९१ गरि जम्मा २ सय ५० जनालाई १४ लाख ४८ हजार ८ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको वडा सचिव हरी बरालले बताए । नगर प्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई, प्रमुख प्रशासकिय अधिकृत महेशराज तिम्सिना लगायत कर्मचारी र स्थानीयको उपस्थितिमा आफ्ना कामको सुनुवाई गरेको हो ।  

वडा नं ८ ले बैसाख मसान्तसम्ममा ३ लाख ५४ हजार ४ सय ५० रुपैयाँ राजश्व संकलन गरेको वडा सचिव बरालले जानकारी दिए । वडाले अहिले घर अभिलेखिकरण कार्य गरिहेको र यहि आवमै सक्ने योजना रहेको समेत बताइएको छ । टोलटोलमा सडक पुगेकोले स्थानीयले उत्पादन गरेको कृषि उपजहरु, घाँस दाउरा बिक्रि गर्न सहज भएको वडाध्यक्ष पालुङ्वाले बताए । 

कार्यक्रममा सहभागि स्थानीयले सडक निर्माण गर्दा वातावरणिय प्रभाव मूल्याङ्कन गर्न र कृषि लगायतका क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे । प्रमुख अतिथि रहेका मेयर प्याकुरेलले अब जनप्रतिनिधिहरु पनि परिपक्व हुँदै गएकाले नागरिकका आवश्यकता प्राथमिताको आधारमा पूरा गरिने बताए । 

गत वर्षदेखि रोकिएको छात्रवृत्तिको रकम यसै हप्ता सबै विद्यालयलाई पठाउने उनले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यही आवमा नगरका सय जनालाई रोजगार प्रदान गर्ने मेयर प्याकुरेलको भनाई छ । जसका लागि ३५ लाख बजेट आएको उनले जानकारी दिए । 

उपमेयर भट्टराईले जनताको आवश्यकता धेरै भएको र स्रोत साधन सिमित भएकोले सोचेअनुरुप काम गर्न नसकेको धारणा राखे । भट्टराईले नगरको विकासकालागि आफुहरु कटिबद्ध भएर लागेको बताएका थिए । प्रमुख प्रशासकिय अधिकृत महेशराज तिम्सिनाले कतिपय योजनाको स्टमेटमा त्रुटि भएको भन्दै त्यसलाई सुधार्दै लैजाने बताए ।

साविकको वडा नं ५ सालिम्बेस्थित वडा कार्यालयमा वडाको पहिलो सार्वजनिक सुनुवाई भएको हो । 
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक