ताजा खबर

मुम्बईले मार्यो बाजी, पन्जाबविरुद्ध ६ विकेटको जित

RadioTaplajung

२२ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले किङ्ग्स इलाभेन पन्जाबलाई ६ विकेटले हराएको छ ।

इन्दौरमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा सूर्यकुमार यादवले ४२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ५७ रन बनाए ।

यसैगरी क्रुणाल पान्ड्याले ११ बलमा नटआट ३१ र कप्तान रोहित शर्माले १५ बलमा नटआउट २४ रन योगदान गरे ।

सूर्यकुमार प्लेयर अफ दि म्याच भए । पावरप्लेको पहिलो ६ ओभरमा ३९ रन बनाउँदा अधिकतम योगदान सूर्यकुमारको थियो । १० ओभरमा स्कोर एक विकेटको क्षतिमा ६७ रन पुगेको थियो । त्यसमा ५१ रन सूर्यकुमारको थियो । उनले अंकित राजपुतको बलमा पहिलो छक्का र फेरि चौका हानेर आईपीएलको जारी सिजनमा तेस्रो अर्धशतक पूरा गरे ।

बलिङतर्फ पन्जाबका मुजिब उर रहमानले दुई विकेट लिए ।

यसअघि इन्दौरको होलकर क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका लागि क्रिस गेलले अर्धशतक बनाएका थिए । ४० बल सामना गरेका उनले ६ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका थिए ।

यो जितसँगै मुम्बई अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । पन्जाब भने चौथो स्थानमा छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा