ताजा खबर

हड्ताल असफल बनाउन बामनिकट यातायात व्यवसायीले राखे दुई शर्त

SITENAME

२० वैशाख, काठमाडौं । आन्दोलनमा नजाने गरी बामनिकट यातायात व्यवसायीले सरकारसँग दुई शर्तहरू अघि सारेका छन् । उनीहरुले आफूहरुको पनि ‘फेस सेभ’ हुनुपर्ने भन्दै  दुर्घटनामा घाइते यात्रुको सम्पूर्ण क्षतिपूर्ति बहन हुने किसिमको  बीमा र प्रोपाइटरी फर्ममा गाडी र्दा गर्न दिनुपर्ने प्रस्ताव गरेका छन् ।

कम्पनीमा जान ५ वटा गाडी हुनैपर्ने प्रावधानलाई संशोधन गरेर ३ वटासम्ममा ल्याउन पनि उनीहरुको माग छ । सरकारले आफ्ना शर्तहरुको सम्बोधन गर्ने ग्यारेन्टी गरे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनलाई असफल बनाउने गरी गाडी उनीहरु तयार भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।  अनिवार्य रुपमा कम्पनी पञ्जीकरण र समिति नवीकरण गर्ने बाहेकका विषयमा छलफल गर्न सरकार तयार भएको छ ।

यी विषयमा आज सिंहदरबारमा बाम व्यवसायीसँग सरकारले गोप्य वार्ता गरेको छ । बाम निकट व्यवसायीका रुपमा पृथ्वी राजमार्ग बस व्यवसायी समिति र पश्चिम नेपाल बस व्यवसायी संघ आन्दोलनमा नजाने मुडमा देखिएको छ । यी दुर्इ समितिसँग झण्डै ५ हजार सार्वजनिक सवारी छन् ।

तर, गाडी चलाउनका लागि प्रोप्राइटरी फर्ममा एउटा मात्रै बस भएका व्यवसायीलाई पनि दर्ता हुन दिनुपर्ने माग उनीहरुको छ । यस्तै अहिलेको बीमा पोलिसीले यात्रुको ३ लाखसम्मको मात्रै बीमा गर्ने विषय समेटेको छ ।

‘घाइतेको उपचारमा लाग्ने खर्च कहिलेकाँही १० लाखसम्म पनि पुग्ने भएकाले थोरै बीमा रकमले जोखिम बेर्होन नसक्ने व्यवसायीको कुरा नाजायज छैन । त्यसैले बीमा पोलिसीमा संशोधनको कुरामा सरकारले चासो दिन्छ,’ यातायात मन्त्रालयका एक अधिकारीले भने,’प्रोपाइटरी र्फममा जान पनि समस्या छैन । त्यसैले व्यवसायीसँग सहमति हुन सक्छ ।’

यातायात व्यवस्था विभाग पनि कम्पनीका लागि ५ वटा सवारी चाहिने व्यवस्थालाई ३ वटासम्ममा झार्न सकारात्मक छ । महासंघले भोलि देशभर सार्वजनिक यातायात सेवा ठप्प पार्दै छ । #online_khabar

प्रतिकृया दिनुहोस
SITENAME

जेलभित्रै जुवाखाल, नाइकेले लाखौं उठाउँनेगरेको खुलासा

मंसिर १– कारागारकोे उद्देश्य कैदीबन्दीलाई सुधार्नु हो, ताकि जेल बसेर छुटेको व्यक्तिले फेरि अपराध नगरोस्। त्यसैले पनि कारागारलाई सुधारगृह भनिँदै

SITENAME

चार महिनामा गैंरकानुनि काम गर्ने १६३ विदेशी नागरिक देश निकाला

 कात्तिक ३० । घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिक देश निकालामा परेका छन् । विगत चार महिनाको

SITENAME

बाघको आक्रमणबाट बालिकाको मृत्यु

कात्तिक २९, २०७५ तनहुँ  बाघको आक्रमणबाट बिहीबार साँझ एक बालिकाको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका–४ चिसापानी जोखनीगाउँ बस्ने ४ वर्षीय बालिका