ताजा खबर

तीन हजार केराको बोट फाँडेको आरोपमा तीन पक्राउ

SITENAME

२० वैशाख, रत्ननगर, चितवन ।  पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–७ बाट बुधबार उनीहरु पक्राउ परेका हुन् । घटनामा संलग्न मुख्य मान्छे भने फरार रहेकाले खोजी कार्य तीव्र पारिएको थापाले जानकारी दिए । उनीहरुको पहिचान भने खुलाइएको छैन ।

प्रारम्भिक जानकारीअनुसार लागूपदार्थ (नशा)को सुरमा उनीहरुले केरा काटेर नष्ट गरेको जानकारीमा आएको भन्दै थापाले अन्य कारण बारेमा अनुसन्धान भइरहेको बताए ।

सो घटनाको अनुसन्धान तथा दोषीलाई पक्राउ गरी कारबाहीका लागि अहिले इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाको नेतृत्वमा टोली परिचालन गरिएको छ । पक्राउ परेका तीनैजना रत्ननगर प्रहरीको हिरासतमा छन् ।

अज्ञात समूहले सोमबार राति १२ जना केरा किसानको तीन हजार ९४ बोट केरा बगानमै पसेर नष्ट गरेको थियो । अनुमानित रु १५ लाख ४७ हजारको केरा नष्ट भएको जानकारी दिँदै चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले दोषी पत्ता लगाई कारबाहीको माग गरे ।

केरा किसान नवराज धितालको १५० बोट, शोभा भट्टको ६०० बोट, झलक सुवेदीको ३००, देवीप्रसाद गोतामेको ५०, शंकर अम्गाईको २५० र ध्रुव आचार्यको ३५ बोट केरा नष्ट भएको छ ।

यस्तै, कोपिला दाहालको एक हजार २००, गोपी लामिछानेको २००, गोविन्द दाहालको ५०, लिला पंगेनीको १५०, पूर्णबहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट केरा नष्ट भएको संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

जेलभित्रै जुवाखाल, नाइकेले लाखौं उठाउँनेगरेको खुलासा

मंसिर १– कारागारकोे उद्देश्य कैदीबन्दीलाई सुधार्नु हो, ताकि जेल बसेर छुटेको व्यक्तिले फेरि अपराध नगरोस्। त्यसैले पनि कारागारलाई सुधारगृह भनिँदै

SITENAME

चार महिनामा गैंरकानुनि काम गर्ने १६३ विदेशी नागरिक देश निकाला

 कात्तिक ३० । घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिक देश निकालामा परेका छन् । विगत चार महिनाको

SITENAME

बाघको आक्रमणबाट बालिकाको मृत्यु

कात्तिक २९, २०७५ तनहुँ  बाघको आक्रमणबाट बिहीबार साँझ एक बालिकाको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका–४ चिसापानी जोखनीगाउँ बस्ने ४ वर्षीय बालिका