ताजा खबर

निराशामै बित्यो प्रदेश सरकारको वर्ष दिन

RadioTaplajung

फागुन ४ गते । नेकपा नेतृत्वको दुई तिहाई रहेको केन्द्र सरकारले पहिलो वार्षिकोत्सव मनाइरहँदा नेकपाकै बाहुल्य रहेका प्रदेश सरकारहरुले पनि आ-आफ्नै पाराले वार्षिकोत्सव  मनाएका छन् ।

प्रदेश पाँचले केही तडकभड र झाँकीहरु देखाए पनि अन्य प्रदेश सरकारले भने वर्षदिन पुगेको उपलक्षमा खासै उत्सव मनाएनन् ।

प्रदेश नम्बर ५ ले स्थापनाको वर्ष दिन भन्दै शुक्रबार प्रदेशभरि सार्वजनिक विदा नै दियो । उसले विभिन्न सांस्कृतिक झाँकीहरुसहित औपचारिक कार्यक्रमसमेत आयोजना गर्‍यो । तर, अरु प्रदेशले सार्वजनिक बिदा दिने लगायतका कुनै कार्यक्रम गरेनन् ।
 

प्रदेश १ मा मुख्यमन्त्रीले विहीबार पत्रकार सम्मेलन गरेर सरकारको प्रगति विवरण सार्वजनिक गरे । पत्रकारहरुले प्रश्न सोध्न नपाई मुख्यमन्त्रीले पत्रकार सम्मेलन सकिएको घोषणा गरे ।

प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले शुक्रबार मधेस भवनमा कार्यक्रम आयोजना गरेर वर्षदिनको प्रगति र समस्याहरुको विवरण सुनाए ।

काठमाडौंसँग जोडिएको प्रदेश तीनका मुख्यमन्त्री केन्द्र सरकारकै कार्यक्रमहरुमा बोलिरहेका हुनाले प्रदेशमा छुट्टै कार्यक्रम आयोजना भएन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय सरकारले रमिता देखाइरहेको भन्दै अनलाइनखबरमार्फत् असन्तुष्टि प्रकट गरे ।

कर्णाली प्रदेशले पनि शुक्रबार आफ्नो वाषिर्क प्रगति विवरण सार्वजनिक गर्‍यो ।

नेपालले संघीयताको अभ्यास पहिलोचोटि गरेको हो । र, यो अभ्यास एक वर्ष पूरा भएको छ । यसविषयमा केन्द्र सरकार र प्रदेश सरकारको मत बाझिएको पाइएको छ ।

केन्द्र सरकारका तर्फबाट प्रधानमन्त्रीले आफ्नो वार्षिक प्रगति विवरणमा संघीयता कार्यान्यनबारे महत्वपूर्ण कामहरु गरेको, कानून बनाएको, कर्मचारी समायोजन गरेको लगायतका विषयलाई समेटे पनि प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारमाथि असन्तुष्टि प्रकट गरेका छन् ।

संघीय सरकारबाट असहयोग र विलम्ब भएकै कारण प्रदेशमा सोचेजति काम गर्न नसकेको मुख्यमन्त्रीहरुको साझा गुनासो सुनिएको छ ।

आखिर यो एक वर्षको वीचमा प्रदेश सरकारहरुले राम्रोसँग काम गर्न सके या सकेनन् रु काम गर्न नसकेको हो भने प्रदेश सरकारकै कमजोरी हो या यसमा संघीय सरकारको कमजोरी रह्यो रु अथवा यो नयाँ अभ्यास भएकाले कमजोरी रहन गएको हो रु अनि आगामी दिनमा खलिनुपर्ने भूमिका के कस्तो देखिन्छ रु यी प्रश्नहरुमाथि आगामी दिनमा राष्ट्रिय बहस हुनुपर्ने देखिएको छ । -अनलाइनखबर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्